हेटौँडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दलाई सफल पार्ने नाममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।
मंगलबार विहान ६ बजे नेकपाका कार्यकर्ताले नयाँ बसमा आगजनी गरेका हुन् ।
आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो ।
भन्सार छुटाएर काठमाडौं लैजाँदै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको छ ।