arrow

पाकिस्तान ७१औँ स्वतन्त्रता दिवस मनाउँदै, काठमाडौंमा विशेष कार्यक्रम

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
Pakistan-Flag.jpg.jpeg

काठमाडौंँ ।  पाकिस्तानले आफ्नो ७१औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक वर्ष अगस्ट १४ तारिखमा पाकिस्तानले स्वतन्त्रता दिवस मनाउने गर्दछ । 

यसै अवसरमा मंगलबार काठमाडौंस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । 

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश बाचन गरेका थिए । 

समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ