arrow

नेपाल–भारत दुई पक्षीय हितमा लागौं – कृष्णप्रसाद सिटौला 

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
nepal-india.jpg

काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाल–भारतबीचको सम्बन्ध लामोसमयदेखि रहिरहेकाले यसलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिएका छन् । 

भारतको ७२ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल भारत मैत्री संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले भौगोलिक परिस्थितिलाई सम्मान गर्दै जनता–जनता, जनता–सरकार र सरकार–सरकारबीचको आपसी सम्बन्ध मजबुद हुनुपर्नेमा जोड दिए । 

उनले दुई देशबीच आपसी सहकार्य गरेर दुई पक्षीय हितमा लाग्नुपर्नेमा जोड दिए । यसअघि सभामुख कृष्णबहादुर महराले नेपालको राजनीतिक परिवर्तनमा भारतले खेलेको भूमिकाको प्रशसा गरेका थिए । 

कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पूरीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएका सम्झौतामा विशेषगरी रेलमार्ग, जलमार्ग, कृषि क्षेत्र र पर्यटन क्षेत्रमा भारतले प्राथमिकताका साथ सहकार्य गर्ने बताए । 

उनले भारतबाट काठमाडौंसम्म रेलमार्गले जोड्ने तथा कोशी र गण्डकीबाट विश्वमा जलमार्ग जोड्ने कार्यका लागि अध्ययन भइरहेको बताए । 

राजदूत पूरीले धार्मिक पर्यटक बढाउन समेत भारतले विशेष भूमिका खेल्नेमा जोड दिँदै नेपाल–भारतबीच भाइ–भाइको सम्बन्ध हुनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ