arrow

वर्षा वितण्डा, नदीहरुमा खतराको घण्टी

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
Flood.jpg.jpeg

काठमाडौं । वर्षाका कारण नदी किनारामा अझै पनि खतरा टरेको छैन । मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहिबार पनि बर्षा हुने जनाएको छ । 

बुधबार दिउँसो र साँझ बदली रही देशका विभिन्न भागमा हल्का र मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिमी भेगका केही स्थानमा भीषण वर्षा हुने समेत जनाइएको छ । 

त्यस्तै बिहिबार धेरै स्थानमा सामान्य बदली हुने जनाउँदै महाशाखाले दिउँसोमा सामान्य र रातमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ ।

यता, मंगलबार रातिको वर्षाका कारण काठमाडौं उपत्यकाका बागमति, विष्णुमती, धोविखोला, लगायत सवै नदीहरुमा बहाब बढ्दो रहेको भन्दै होचा स्थानहरुमा डुवानको जोखिम रहेको बताइएको थियो । केही ठाउँमा डुबान भए पनि बुधबार बिहान भने वर्षा नहुँदा डुबानको खतरा टरेको छ । 

यता, कोसी नदी चतरामा जल सतहले सतर्कता तह पार गरेको र खतरातह पनि पार गर्ने संभावना रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

बाढी पूर्वानुमान शाखाले काली गण्डकीको मोदी बेनी, अरुण नदीको सिम्ले, सुनकोशीको हमपचुवार, तमोर नदीको मुलघाट र सप्तकोशीको चतरामा नदीले सतर्कता तह पार गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ