नेकपा सरकारले जनतालाई सास्ती दिएको भन्दै कांग्रेस उत्रियो बिरोधमा
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ साउन ३० बुधबार
532
Shares
बेलौरी। केपी शर्मा ओली नेतृत्वको बामपंथी सरकारले कर वृद्धि र असंवैधानिक कार्य गर्दै जनतालाई सास्ती पुगाउने काम गरेको भन्दै पश्चिम नेपालको कञ्चनपुर स्थित बेलौरीमा बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध प्रदर्शन गरेको छ।
बुधबार बेलौरी नगरपालिका स्थित नेपाली कांग्रेसको निगरानी अनुगमन तथा खबरदारी समितिको आयोजनामा गरिएको बिरोध कार्यक्रममा सरकारका असंबैधानिक कदम निरंकुशता र अधिनायकवादी चरित्र भएको भन्दै चर्को बिरोध गरिएको थियो।
आयोजित उक्त बिरोध सभामा जिल्लाको दक्षिणी भेग स्थित बेलौरी - खजुरीया नेपाल-भारत नाका स्थापनामा सरकार उदासिन रहेको भन्दै तिब्र बिरोध प्रदर्शन गरिएको थियो। बिकासे काम र योजनाहरुमा चरम भ्रष्टाचार भएको तथा पारदर्शी नबनाएको भन्दै स्थानिय निकायको आलोचना गरिएको थियो।
बेलौरी नगरपालिका स्थित निगरानी अनुगमन तथा खबरदारी समितिका संयोजक हरेन्द्रसिंह बिष्टको अध्यक्षतामा आयोजित बिरोध सभामा सरकारले मनोमानी ढंगले वृद्धि गरेको कर फिर्ता लिनु पर्ने भन्दै सरकारको चर्को बिरोध प्रदर्शन गरिएको थियो।
असंबैधानिक निर्णय गर्दै केपी ओली नेतृत्वको सरकार अलोकतान्त्रिक र निरंकुश बन्दै गएको आरोप कांग्रेसद्वारा बेलौरीमा आयोजना गरिएको बिरोध सभामा बताइएको छ।
बिरोध सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कांग्रेस नेता तथा पुर्व साँसद दिवानसिह बिष्टले भने -केपी ओली नेतृत्वको बामपंथी सरकार एक पछि अर्को असंबैधनिक र गलत निर्णय गर्दैछ । सरकारले गर्दै आएका अलोकतान्त्रिक कदम फिर्ता गराउन कांग्रेस देश ब्यापी रुपमा बिरोधमा उत्रनुपरेको हो । उनले भने सरकार धरपकड र निरंकुश शैलीमा शासन चलाउदै आएको छ तसर्थ कांग्रेस सरकारका अलोकतान्त्रिक कदम सच्याउन सचेत गराउने अभियानमा जुटेको छ ।
बुधबार कञ्चनपुरको बेलौरीमा आयोजित विशाल बिरोध सभामा बोल्दै निगरानी अनुगमन तथा खबरदारी समितिका संयोजक तथा कांग्रेस नेता हरेन्द्रसिंह बिष्टले भने -हिजो निर्वाचनका बेला जनतालाई बिकास र सुबिस्ताको बाचा गर्दै सत्तामा पुगेका कम्युनिस्ट आज झुठा साबित हुँदै छन् । सेवा सुबिधामा जनतालाई सहुलियत दिनेछौ भन्ने कम्युनिस्टहरु आज ढाड भाँचिने गरि जनताको थाप्लोमा करको भारी बोकाउदै छन् । असंवैधानिक र गैर न्यायिक निर्णय गर्दै अलोकतान्त्रिक तथा अधिनायकवादी चरित्र प्रदर्शन गर्दै आएका कम्युनिस्ट सरकारका निरंकुश निर्णय सच्याउन कांग्रेसले बिरोधमा उत्रन परेको हो ।
बुधबार बेलौरीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले र्यालीको आयोजना गर्दै बजारको मुख्य चोकमा बिरोध सभा गरेको थियो । आयोजित बिरोध सभामा दिवानसिंह बिष्ट, गोपालसिंह गुरुङ, बन्धुराना, गोपिप्रसाद उपाध्याय, रामलाल राना, हरेन्द्रसिंह बिष्ट, जनकसिह धामी, पुषकल चौधरी,तोयप्रसाद शर्मा ,अमरजन साउद लगायतका कांग्रेस नेताहरुले सभालाई सम्बोधन गरेका थिए।
बेलौरीमा आयोजित बिरोध सभामा सहभागी कांग्रेस कार्यकर्ताहरुले स्थानिय निकायले छाडा पशु चौपाया लाई नियन्त्रण गर्न नसकेको भन्दै बजारमा छाडिएका छाडा चौपायाहरुलाई बेलौरी नगरपालिका कार्यालयको परिसरमा हुलेका थिए ।