arrow

नाइके समूहले अनियमितता गरेको भन्दै कैदीहरुबीच झडप, दुई घाइते

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन ३१ बिहिबार
palpa-karagar.jpg

पाल्पा । जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ । झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् ।  

आफुले पाउँदै आएको सेवासुविधामा नाइके समूहले अनियमितता गरे भन्दै अन्य कैदीबन्दीहरुले आफ्ना माग राख्ने क्रममा  झगडा भएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

 झडप हुँदा कैदी बन्दी सन्तोष नेपाली र अर्जुनु घिमिरे सामान्य घाईते भएका हुन् ।

कैदी बन्दी बीच आपसमा झडप भएपछि प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल,  प्रहरी प्रमुख  पोखरेल सहित सुरक्षा निकाय कारागार परिसरमा पुगेको थियो ।   

कारागारमा नाइके समुहबाट आफुहरु पिडित भएको भन्दै उनीहरु बिच झगडा भएको हो । घटनाको थप अनुसन्धान गरी  ऐन अनुसार कैदीको सरुवा गरिने प्रहरी प्रमुख पोखरेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ