arrow

खोलामा डुबेका दुई किशोर मध्ये एकको शव फेला

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
water-kill.jpg

उर्लाबारी, मोरङ । मोरङ र सुनसरी जिल्लाको सिमानामा पर्ने केसलिया खोलामा डुबेर दुई दिनअघि बेपत्ता भएका एक किशोरको शव आज दिउँसो फेला परेको छ ।

मङ्गलबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका–१ मा बस्दै आएका १६ वर्षीय सजेश रौनियारको शव फेला परेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा रौनियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता निशान थापाले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ