पाँचथर । माछा मार्न खोला गएका पाँचथरको कुम्मायक गाउँपालिका–४ का देविप्रसाद लिम्बू तीन दिन देखि बेपत्ता भएका छन्
फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेंवा र फेमे खोलामा माछा मार्न गएका लिम्बू तीन दिनयता बेपत्ता भएका हुन् ।
उनीसँगै माछा मार्न गएका दुर्ईजनाले लिम्बू बेपत्ता भएको परिवारलाई जानकारी गराएका थिए ।
बेपत्ता लिम्बूको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल कुमार पौड्यालले बताए ।