सामाजिक सञ्जालका विद्वान प्रधानमन्त्री, पाँच भाषामा गरे ट्वीट
प्रकाशित २०७५ भदौ ३ आइतबार
242
Shares
काठमाडौँ। सामाजिक सञ्जालका विद्वान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार पाँच भाषामा ट्विट गर्दै सो बताएका हुन् ।
उनले नेपाली, अंग्रेजी , नेवारी, मैथली, भोजपुरी भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारशीला तयार भएको बताएका छन् ।
वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गरेका छन्।