arrow

जिल्लाको शान्ती सुरक्षा कायम गर्न सक्रिय भएर लाग्छु : प्रजिअ खनाल

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ ४ सोमबार
manohar-khanal.jpg

पाल्पा । प्रमुख जिल्ला  अधिकारी मनोहरप्रसाद खनालले जिल्लाको  शान्ती सुरक्षा कायम गर्न सक्रिय भएर लाग्ने बताएका छन्  । हालै पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका खनालले  पत्रकारहरुसँग कुराकानी गदै जिल्लाको  प्रशासनिक क्रियाकलापलाई चुस्त दुस्त बनाउन सक्रिय भएर लाग्ने पनि बताएका हुन्  ।

उनले शान्ती सुरक्षासँगै, सुशासन कायम राख्न, भौतिक पूर्वाधार अन्र्तगत विकास निर्माणका काममा समेत सक्रिय रहने बताए । प्रजिअ खनालले  जिल्लालाई सुचना मैत्री जिल्लाको रुपमा विकास गर्ने पनि बताएका छन्  ।  जिल्लाका सबै कार्यालयहरुलाई सूचना मैत्री बनाउन योजनाबद्ध रुपमा काम गर्ने बताएका हुन्  ।

धनकुटा, कञ्चनपुर डोटी लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका प्रजिअ खनालले समयमा काम सम्पन्न नगरेका निर्माण व्यवसायीहरुको नाम लिष्ट प्रशासन कार्यालयमा आईसकेकाले कार्यालय प्रमुख र निर्माण व्यवसायीहरुलाई जुटाएर भौतिक पुर्वाधार निर्माणको विषयमा चासो दिने प्रजिअ खनालले बताए ।

मालपोत र नापी कार्यालयमा अप्रत्यक्ष रुपमा लेनेदेनको कारोवार हुँदै आएकाले नियन्त्रण गर्न पत्रकारहरुले प्रजिअ खनाललाई सुझाव दिएका थिए । तानसेन बुटवल सडक ५ बर्ष हुँदा सम्म मर्मत नभएको, माडी चक्रपथ सडकको ग्रावेल भत्किएको, अर्चले स्वास्थ्य चौकीको भवन १० बर्ष हुँदा सम्म हस्तानतरण नभएको, बजारमा १ बर्षदेखी अनुगमन नभएको, ट्राफिक व्यवस्थापन राम्रो नभएको, स्थानीय तहमा  अनियमिता बढ्दै गएकाले सोही अनुसार भुमिका खेल्न पत्रकारहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल, बरिष्ठ पत्रकार मेघराज शर्मा, पुर्व अध्यक्ष गोविन्द भट्टराई, भगवान भण्डारी लगायतका पत्रकारहरुले प्रजिअ खनालाई केही काम  गर्छु  भन्ने ईच्छा शक्ति जगाएर काम गर्न सुझाव दिएका  थिए ।

 जिल्लाको शान्ती सुरक्षा, शुसासन कायम गर्न सक्रिय भुमिका खेल्न प्रजिअ खनाल लाई पत्रकारहरुले आग्रह गरेका छन्  । पाल्पाको मदनपोखरामा जन्मिएका प्रजिअ खनालले शारदा मावीबाट एसएलसी र त्रिभुवन बहुमुखी क्याम्पसबाट  स्नातक अध्यन पास गरेका हुन ।

२०३९ साल देखी निजामती सेवामा प्रवेश गरेका  खनाल तेस्रो सहसचिवको रुपमा जिल्ला प्रशासन कार्यालयमा पाल्पामा आएका हुन । यस अघि सह सचिवको रुपमा बाबुराम गौतम र विष्णु प्रसाद  ढकाल पाल्पाको प्रजिअ रुपमा काम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ