arrow

सर्पले टोकाईबाट ७ बर्षिय बालकको ज्यान गयो

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
snake-bite.jpg

पाल्पा । पाल्पामा सर्पले डसेर एक बालको ज्यान गएको छ । पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० बर्दलेका ७ बर्षका कृष्ण कुमालको सर्पको टोकाईबाट ज्यान गएको हो ।

रातीको समयमा सर्पले डसेपनि बिहान मात्रै अस्पताल लगिएको थियो । समयमा नै उपचार नभएकोले उनको ज्यान गएको आफन्तीले बताए । बिहान मात्र हेर्दा औलामा सर्पले टोकेको डाम देखिएको तर सर्प फेला नपरेको बुवा ओम बहादुर कुमालले बताए ।

खाना खाएर बुवाआमासँगै सुतेका कृष्णलाई राती सर्पले डसेको कृष्णका ठुलोवुवा केदार कुमालले भने । बिहान झारफुकको लागि छिमेकीकोमा लगेको बेला आफुले थाहा पाएको उनले बताए । कृष्णलाई सर्पले दाहिने हातको कान्छी औलामा टोकेको जस्तो डाम रहेको रामपुर अस्पतालका डा.सर्जु श्रेष्ठले बताए ।

 उनी बर्दले इङलिस एकेडेमीमा युकेजीमा अध्ययनरत बच्चा हुन् । सरासर अस्पताल ल्याउन सकेको भए छोरा बच्ने रहेछ उनका बुवा ओम बहादुर कुमालले भने । अस्पतालका डा.सर्जु श्रेष्ठका अनुसार कसैलाई सर्पले डसेको शङ्का लागेमा तुरुन्त घरेलु उपचार मट्टितेलले घाउ सफा गरि स्वस्थ राख्ने र अस्पताल पुर्‍याइहाल्नुपर्छ । घरमा झुल टागेर सुत्न पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ