arrow

बसमा मृत व्यक्ति फेला

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
Dead_Body.jpg.jpeg

सुर्खेत । काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नंको बसमा सोमबार एक व्यक्ति मृत फेला परेका छन् । मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।

बोहोरा आज बिहान ११ बजे गुर्भाकोट नगरपालिका–९ स्थित बसबाट झरेर त्यही नजिकको चिसापानी हाइवे होटलमा शौच गरी फर्केर पुनः गाडीमा बस्दा सिटमा मृतावस्थामा भेटिएको प्रवक्ता चौधरीले जानकारी दिए ।

उनका अनुसार मृत्युको कारणबारे अनुसन्धान टोलीबाट बुझ्दा उनी लामो समयदेखि बिरामी अवस्थाबाट सुधार नभएको र फिर्ता हुने क्रममा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ