महासमितिको वैठकको बारेमा काँग्रेसले मन्थन गर्दै, ८ गते केन्द्रीय समितिको वैठक
प्रकाशित २०७५ भदौ ५ मंगलबार
389
Shares
काठमाडौं । नेपाली काँग्रेसले भदौ ८ गते बिहान ११ बजेलाई केन्द्रीय समितिको वैठक बोलाएको छ।
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शर्माका अनुसार वैठकमा समसामयिक राजनीति, महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऎनको स्वामित्व र विमतिको पाटो लगायत कर आतंक छलफलका विषय रहनेछन् ।
यसअघी केन्द्रीय समितिको वैठकले भदौमा महासमितिको वैठक गर्ने निर्णय गरेको थियो। तर केन्द्रीय नेताहरुको व्यस्तता बढेपछि वैठक भदौमा सम्भव नभएको हो।