हेमानन्दद्वारा पूर्व पति कृष्ण ढकाललाई बढी नवोल्न चेतावनी, धेरै बोले ठीक पार्ने !
प्रकाशित २०७५ भदौ ५ मंगलबार
561
Shares
काठमाडौं। शंकराचार्य दावी गर्दै आएकी हेमानन्द गिरीले आफ्नो विवाहित जिन्दगीको बारेमा चर्चा नगर्न भन्दै पतिलाई चेतावनी दिएकी छिन्।
आफू अविवाहित रहेको भनेर प्रचार गर्दै आएकी हेमानन्द गिरीको बारेमा उनका पूर्व पति कृष्ण प्रसाद ढकालले सत्यतथ्य सार्वजनिक गरेपछि गिरीले परिवारका सदस्य मार्फत पूर्व पतिलाई चेतावनी दिएकी हुन्।
भारतको एक विवादास्पद संस्थाले गिरीलाई शंकराचार्य पदवी दिने तयारी गरिरहँदा नेपालमा यसको सन्त समाज लगायतका धार्मिक संस्थाहरुबाट व्यापक विरोध हुँदै आएको छ।
यहि विरोधका बीचमा उनको गृहस्थ जीवनको बारेमा पूर्व पतिले तथ्यहरु सार्वजनिक गरिदिएपछि आक्रोशित हेमा ढुङगानाले ढकालकी भतिजी रोजी ढकाललाई बोलाएर धम्कयाएकी हुन्।
काठमाडौं मैतीदेवी क्षेत्रमा एक घरमा बोलाएर हेमाले रोजीलाई चेतावनी शैलीमा धम्क्याएकी हुन्। उनले काका बालाई सम्झाउन भन्दै चेतावनी दिएकी हुन्।
हेमाका पूर्व पति कृष्ण प्रसादले भतिजीलाई बोलाएर बढी बोले राम्रो नहुने भन्दै धम्क्याएको बताए। हेमाले भतिजीलाई बोलाएर तेरो बाउलाई धेरै नबोल भन। धेरै बोले राम्रो हुन्न नी भन्दै धम्क्याएको जानकारी दिए।
आफू शंकराचार्य हुनलाई विहेको प्रसङगले रोक्न नसक्ने भन्दै उनले भगवान शिवले पनि विहे गरेर पनि पुजनीय भएको भन्दै उनले आफूलाई भगवान शिवसँग तुलना गरेको ढकालले बताए।
हेमाले ऋषीमुनीहरुले कति पढेका थिएर उनीहरुको विद्ताको कुरा नहुने तर मेरो किन कुरा उठाएको भन्दै उनले प्रश्न गरेको ढकालले जानकारी दिए।
हेमाका पूर्व पति ढकालले आफूलाई धम्क्याउन आफ्नो परिवारका सदस्यलाई तनाव दिने काम गरेको पनि बताए।
ढकालकी भतिजी रोजीले नातामा आफ्नी पूर्व काकी हेमालाई भेट्न जानुअघी निकै उत्साहका साथ फेुसबुकमा समेत लेख्न भ्याएकी थिइन।
'फोन आयो उहाँलाई भेटन् गए। तर के कुरा भयो अनुमान गर्नस । अर्को दिन मेरो पालो है।' फेसबुकमा यस्तो स्टाटस राख्ने क्रममा उनले अगाडी लेखेकी छिन, ' आज के कुरा भयो होला तपाइ अनुमान गर्नुस अर्को दिन मेरो पालो।'
उनले भेटमा भएको कुरालाई फेसबुकमा राेखर चर्चा गराउन चाहेको देखिएन। तर उनले काकालाई भने यो कुरा जानकारी दिएकी थिइन। पछि काका समेत कृष्ण ढकालले कतिपय धार्मिक अग्रजहरुसँग गरेको कुराचाहिं विभिन्न माध्यमबाट प्रसार भइरहेको छ।