arrow

प्रधानमन्त्री सचिवालयको ठाडो निर्देशनमा पक्राउ परे वडा सचिव

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
Homnath_Sigdel.jpg

काठमाडौं। फौजदारी संहिता लागु भएपछि प्रधानमन्त्रीको विषयमा गलत सन्देश फैलाएको आरोपमा काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर ५ का सचिव होमनाथ सिग्देल पक्राउ परेका छन्। ४४ वर्षिय सिग्देललाई प्रधानमन्त्री ओली विरुद्ध फेसबुकमा अफबाह फैलाएको आरोपमा भक्तपुरको सूर्यविनायक ३ बाट पक्राउ गरेको हो। 

महानगरीय  प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो। मंगलबार दिउँसो प्रधानमन्त्रीको सचिवालयबाट अपराध महाशाखा प्रमुखलाई फोन गरेर पक्राउ गर्न ठाडो निर्देशन दिएपछि सिग्देललाई पक्राउ गर्न प्रहरी सक्रिय भएको थियो। 

उनलाई नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलने गरी तस्वीर सेयर गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध शाखाका एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । ‘प्रधानमन्त्री ज्यूलाई भ्रम फैलाउने गरी फेसबुकमा फोटो सेयर गरिएकाले पक्राउ  गरिएक हो' उप्रेतीले भने। 

भदौ १ गतेबाट लागू भएको फौजदारी संहिता लागु भएकापछि  पक्राउ पर्ने सिग्देल पहिलो हुन्। सिग्देललाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत १ लाखसम्म जरिवाना र पाँच बर्ष कैद वा दुबै सजाय हुनसक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ