arrow

रामेछापका जिसस अधिकृतमाथि घरमै छुरा प्रहार

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
chura-parhar.jpeg

रामेछाप । रामेछापका जिल्ला समन्य समितीका कार्यकारी अधिकृत नारायण सुबेदीलाई आफ्नै घरमा बसिरहेकोअवस्थामा अपरिचित व्याक्तिले बुधबार राती करिब साढे नौ बजेतिर छुरा हानि फरार भएका छन् ।

आफ्नो निवास मन्थली नगरपालीका वडा न. १ मच्छोडाँडिमा परिवरका सदस्य अन्य कोठा सुतिरहेको र सुबेदी आफ्नो कोठामा कार्यलयको काम गरिरहेको अवस्थामा अपरिचत व्याक्तिले मुखमा माक्स लगाएर आएर  एक्कासी पेटमा छुरा प्रहार गरि भागेका थिए । छुरा प्रहार गर्नेको खोजि तिब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

परिवार स्रोतको अनुसार आफुहरुले थाहा पाएपछी तत्काल प्रहरीलाई जानकारी गराई तामाकोशी सहकारी अस्पतालमा प्रार्थमिक उपचार पछि धुलिखेल अस्पतालमा सुबेदीको रातीनै शल्यक्रिया गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ