केपी सरकार कञ्चनपुरमा दमनमा उत्रियो, प्रहरीको गोली लागेर १० घाइते
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ भदौ ७ बिहिबार
612
Shares
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखमकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरण कञ्चनपुरमा आन्दोलन हिंस्रक बन्दै गएको छ । बिहीबार दिउँसो साढे १२ बजेतिर प्रर्दशनकारी र प्रहरीविच झडप भएको छ । प्रर्दशनकारीले पुर्वपश्चिम राजमार्ग अन्र्तरगत ट्राफिक चोक र प्रशासनतिर ढुङगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको छ ।
प्रहरीले चलाएको गोली लागेर दश प्रर्दशनकारी घाईते भएका छन् । गोली लागेका मध्ये चार प्रर्दशनकारी गम्भीर घाईते भएका छन् । कैलाली गाउँपालिका–३ का २४ बर्षिया सन्तोष कुमार कठरिया, भीमदत्त नगरपालिका–२ भाँसीका ३६ बर्षिया तेजराज भट्ट, भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका १९ बर्षिया अर्जुन भण्डारा र कञ्चनपुरकै किरन प्रशाद पाण्डेय घाईते भएका छन् । अन्य ६ जना सामान्य घाइते भएको महाकाली अञ्चल अस्पतालका डाक्टर धिरज जोशीले जानकारी दिएका छन् ।
उनीहरुले अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । कठरिया र भण्डारा र पाण्डेको खुट्टा र भट्टको टाउँको, खुट्टमा गोलीका छर्रा लागेका छन् । तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने अर्जुन भण्डारा लाई हायर सेन्टरमा रेफर गरिएको डाक्टर जोशीले बताए ।
प्रहरीले बालिका निर्मला पन्त हत्याको आरोपमा भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिया दिलिप सिह विष्टलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको छ । होमवर्क गर्छु भन्दै साथी रोशन बमको घर गएकी निर्मला पन्त ११ साउन शुक्रबारका दिन बिहान उखुबारीमा मृत फेला परेकी थिईन् । गोलीचले पछि महेन्द्रनगरको अवस्था त्रसित बनेको छ । आन्दोलनका कारण महेन्द्रनगर बजार र यातायात ठप्प भएको छ । गोली चले नचलाएको विषयमा कञ्चनपुर प्रहरीले कुनै प्रतिकृया दिएको छैन् । प्रहरीले स्थित नियन्त्रण गर्नका लागि हवाई फायर र दर्जनौँ आँश्रुग्याँस प्रहार गरेको थियो ।
प्रहरीले चलाएको गोली लागेर प्रर्दशनकारी घाईते भएपछि अहिले प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न चोकमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् । प्रर्दशनकारीले वडा प्रहरी ककार्यालयको गाडीमा समेत ढुङ्गा प्रहार गरेका छन् ।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाको हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि चर्केको आन्दोलन उग्र बनिरहँदा ७ नम्बर प्रदेश प्रहरीले एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको छ । निर्मला हत्याकाण्डमा अहिलेसम्म भएको अनुसन्धान र अबको छानबिनको सम्पूर्ण जिम्मेवारी एसएसपी चन्दले लिने प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले एसएसपी चन्दलाई अनुसन्धान प्रभावकारी बनाउनका लागि पठाइएको बताए ।
उनले कन्चनपुरका एसपी विस्ट त्यहीँ यथावत रहने पनि जानकारी दिएका छन् । दिपायलमा रहेका एसएसपी चन्दलाई बुधवार नै डीआईजी सुरज केसीले कञ्चनपुरको कमाण्ड सम्हाल्न निर्देशन दिएपनि एसएसपी विक्रमबहादुर चन्द बिहिबार मात्र कञ्चनपुर आइपुगेका छन् ।