arrow

बालिका हत्याको बिरोधमा कञ्चनपुर तनावग्रस्त, महेन्द्रनगरमा कर्फ्यू लगाइयो

logo
दीपेन्द्र बस्नेत, इश्वरी दत्त वडु,
प्रकाशित २०७५ भदौ ७ बिहिबार
karfues.jpg

कञ्चनपुर ।  कञ्चनपुरको भिमदत्त नगरपालिका –२ महुलियाकी १३ वर्षीय निर्मला पन्तको हत्या प्रकरणको बिरोधमा स्थानियहरुको प्रदर्शन कडा बन्दै गए पछि महेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

महेन्द्रनगरमा बिहिबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको छ । स्थिति नियन्त्रण गर्न  बिहिबार साँझ ५ बजेदेखि शुक्रबार  बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिएका छन् ।

 स्थान भने नतोकिएको उनले बताए । जिल्ला सरुक्षा समिततिको बैठकले स्थिति नियन्त्रण गर्न  बिहिबार साँझ ५ बजेदेखि शुक्रबार  बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय गरेको प्रजिअ खड्काले बताए । यद्यपी जिल्ला सरुक्षा समिततिको बैठक चलिरहेको छ ।

गत साउन १० गते बलात्कार पछि हत्या गरिएको घटनाको दोषीलाई प्रहरी प्रशासनले जोगाउन लागेको भन्दै दिनहुँ जनताले बिरोध प्रदर्शन गर्दै आएका थिए ।
 
प्रहरी र प्रशासन विरुद्ध गरिएका प्रदर्शन कडा बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।  हत्याका दोषीहरूलाई कडा कारवाहीको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै आए पछि प्रदर्शन कडा बन्दै गएको हो ।

हत्याकाण्डमा संलग्न भन्दै प्रहरीले दिलिपसिह बिष्ट लाई सार्वजनिक गरे पछि मुख्य दोषीलाई जोगाउन प्रहरीले प्रपोगान्डा गरेको भन्दै महेन्द्रनगरमा प्रहरी विरुद्ध स्थानियले आन्दोलन चर्काउदै आएका थिए ।

बिहिवार स्थानिय जनताले गरेको आन्दोलन दबाउन प्रहरीले गोलि प्रहार समेत गरेको थियो । प्रहरीको गोलि बाट ४ जना घाइते भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ