arrow

प्रधानन्यायाधीशका लागि मिश्रकाे नाम सिफारिस

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
Sambaidhanik-parisad.jpg

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको लागि ओमप्रकाश मिश्रको नाम सिफारिस भएको छ  संवैधानिक परिषद्को बिहीबार दिउँसो बसेको बैठकले कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरेको हो । 

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशको लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा समेत सहभागि भए । 

सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेका मध्येमा पनि रोल क्रमका आधारले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश छान्ने चलन छ । यसअघि सिफारिस गरिएका दीपकराज जोशी संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा योग्यता पुगेकोभित्र थिए । 

न्यायपरिषद्ले योग्य भनेर सिफारिस गरिएका मध्येबाट संवैधानिक परिषदले वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने चलन छ । संसदीय सुनुवाईबाट स्वीकृत भए मिश्र आउने पुससम्म प्रधानन्यायाधीश हुने छन् । त्यसपछि पाले आउनेछ, चोलेन्द्र शमशेर राणाको । 

जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकार गरेपछि उनी अहिले बिदा बसेका छन् । उनी बिदा बसेकाले वरिष्ठ न्यायाधीशको हैसितले मिश्र कायममुकायम छन् । सर्वोच्चमा रोल नम्बर अनुसार बरिष्ठता तय भएको हुन्छ ।  प्रधानन्यायाधीश छान्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ । योसँगै अख्तियार प्रमुखमा रिफारिस गर्ने भनिएपनि विहिबार कुनै टुंगो लागेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ