arrow

ओली भन्छन् -नेपालको कर संसारमै सस्तो, विवरण भन्छ -ओलीको झुटको पराकाष्टा

दक्षिण एसियामै सबैभन्दा महँगो कर लाग्ने देश नेपाल

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
K.P.-Oli.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि नेपालमा लगाइएको कर संसारमै सस्तो भएको सार्वजनीक रुपमै बोलेका थिए । ओलीको सो भनाइसँगै नेपालमा करको विषयले व्यापक चर्चा पाएको छ ।

आधिकारिक विवरणहरुले भने ओलीको भनाइ गलत रहेको देखाएको छ । विवरण अनुसार नेपाल दक्षिण एसियामै सबैभन्दा महँगो कर लाग्ने देश बन्न पुगेको छ ।

नेपालले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४-७५ अनुसार नेपालमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा लाग्ने कर २३.१ प्रतिशत रहेको छ ।

विकिपेडियाका अनुसार यो कर दक्षिण एसियाकै सबैभन्दा बढी हो। दक्षिण एसियामा माल्दिभ्सको जीडीपीको आधारमा लाग्ने कर २०.५ प्रतिशत रहेको छ । नेपालपछि सबैभन्दा बढी कर लाग्ने मुलुक माल्दिभ्स हो ।  

त्यसैगरी भारतमा १७.७ प्रतिशत कर लाग्ने गरेको छ। त्यस्तै पाकिस्तानमा ११ प्रतिशत, अफगानिस्तानमा ६.४, बंगलादेशमा ८.५, भुटानमा १०.७, श्रीलंकामा ११.६ प्रतिशत कर लाग्ने गरेको छ ।  यसले दक्षिण एसियामा नेपाल सबैभन्दा बढी कर लाग्ने मुलुक रहेको पुष्टि गर्छ ।

विश्वको सबैभन्दा बढी कर लाग्ने मुलुक नर्वे हो । यहाँ ५४.८ प्रतिशत कर लाग्ने गरेको छ । फिनल्याण्डमा ५४.२ प्रतिशत कर लाग्ने गरेको छ । डेनमार्कमा पनि ५०.८ प्रतिशत करको व्यवस्था रहेको छ । यि देशहरुमा कर बढी भएपनि शिक्षा, स्वास्थ्य लगाएतको सामाजिक सुरक्षा सरकारको जिम्मा रहने गरेको छ।

चीनमा २०.१ प्रतिशत करको व्यवस्था रहेकोमा अमेरिकामा २६ प्रतिशत करको व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ