ढाड भाच्ने कर फिर्ताको माग गर्दै धनकुटा कांग्रेसले बुझायो ज्ञापन पत्र
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
348
Shares
धनकुटा । धनकुटा जिल्लाका स्थानीय तहहरुले जनताको ढाड भाच्ने गरी बृद्धी गरिएको कर फिर्ता लिन माग गर्दै शुक्रबार धनकुटाको चौविसे र सागुरगढी गाउँपालिकामा नेपाली कांग्रेसले ज्ञापन पत्र बझाएको छ ।
धनकुटा जिल्लाको चौविसे गाउपालिकाका प्रमुख खजिन्द्र राईलाई र सागुरीगढी गाउपालिकामा राजश्व परार्मश समितिका संयोजक तथा उपाध्यक्ष बिन्द्र राईलाई छ्ट्टा छ्ट्छै कार्यक्रममा विच उनिहरुकै कार्य कक्षमा नेपाली कांग्रेसका सचिव विजय सन्तोषीराई,जिल्ला सदस्यहरु हर्कमान चेम्जोङ्ग नेपालधन राई,क्षेत्रीय सभापति जितेन्द्र राई ,चौविसे गाउपालिका संयोजक बिजु राई,सदस्य सचिव मणी चेम्जोङ्ग लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुले ज्ञापन पत्र बुझाई चरम रुपमा बृद्धी गरिएको कर घटाउन र बढी लिएको कर फिर्ता गर्न माग गरेका छन् ।
धनकुटा जिल्लाका स्थानीय निकायहरुले अवैंज्ञानिक ढंगले अत्यधिक रुपमा कर बृद्धी गरी जनताको ढाड भाच्ने र जनतालाई गरिव बनाउने कार्य भैरहेकोले अत्यधिक रुपमा बढाइएको कर घटाई बढी लिएको कर फिर्ता गर्नका लागी जिल्ला व्यापी रुपमा अभियान संचालन गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।