arrow

जेठमा विवाह गरेका थापा दम्पतीले झुण्डिएर गरे आत्महत्या

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
suicide1.jpg

भीमदत्तनगर । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झुण्डिएर शुक्रबार आत्महत्या गरेका छन् ।

आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्-श्रीमती अलग-अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए  । मृतकका भाइले झ्यालबाट दाइ-भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ