जेठमा विवाह गरेका थापा दम्पतीले झुण्डिएर गरे आत्महत्या
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
267
Shares
भीमदत्तनगर । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झुण्डिएर शुक्रबार आत्महत्या गरेका छन् ।
आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्-श्रीमती अलग-अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए । मृतकका भाइले झ्यालबाट दाइ-भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो । रासस