arrow

माइक्रोफोनमा होइन मैदानमा भेटिनु पर्‍यो सरकार ! : विश्वप्रकाश

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
biswaprakash3.JPG

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार माइक्रोफोनमा नभइ मैदानमा भेटिनुपर्ने बताएका छन्।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको बिरोधमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा स्थानीय जनताले गरेको प्रदर्शनमा शुक्रबार प्रहरीको चलाएको गोली लागेर १४ बर्षीय बालक शनि असनाको मृत्यु भएसँगै शर्माले सो ट्विट गरेका हुन् ।

उनले सरकारलाई काठमाडौमा संकल्प प्रस्ताव कंचनपुरमा गोलि ? भन्ने प्रश्न गरेका छन् । उनले ट्विटमा  '१,अनुसन्धाननै प्रश्नको घेरामा । २,नक्कली दोषी खडा गर्ने `अपराध´ । ३,अराजनैतिक अभिव्यक्तिले आगोमा घिउ। ४,गोलि लागेर चौध बर्षे बालकको जीवन समाप्ती । माइक्रोफोनमा होइन मैदानमा भेटिनु पर्‍यो सरकार !' लेखेका छन् ।

महेन्द्रनगरमा मानवअधिकारको धज्जी उडाउदै प्रहरीले सर्वसाधारणको टाउको र छाती ताक्दै गोलि प्रहार गरेको छ। प्रहरीले गोलि चलाउँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।  पश्चिम नेपालको महेन्द्रनगरमा नागरिक प्रशासन माथी दमनमा उत्रिएको प्रहरी प्रशासनले ताकि ताकी गोलि प्रहार गर्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

शुक्रवार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि लागेर उमेश देउवा, चेतन भट्ट, उमेश खुना र सगुन सुवेदी गम्भीर घाइते भएका छन्। देउवाको खुट्टामा, भट्टको पाखुरामा, खुनाको टाउको र खुट्टामा र सुबेदीको टाउकामा गम्भीर चोट लागेको जनाइएको छ ।

शुक्रबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु माथी प्रहरीले धरपकड र ताकी ताकी गोलि प्रहार गरे पछि दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्। यति बेला महेन्द्रनगरमा प्रहरी र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ।

नेकपा नेतृत्वको सरकार कञ्चनपुरमा दमनमा उत्रिएको घटनाको काँग्रेसले विरोध जनाएको हो। काँग्रेसले जनताको विरोधलाई राजनीतिक ंग दिएकोमा समेत आपत्ति जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ