हेमानन्दको शंकराचार्य घोषणाको विपक्षमा विश्व हिन्दु महासंघ, निकाल्यो वक्तव्य
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
713
Shares
भक्तपुर। विधी, योग्यता र परम्पराको धज्जी उडाएर भारत तथा नेपालका सन्त महन्थ तथा हिन्दु धर्मका विद्धानहरु, काशी विद्वत परिषद र शंकराचार्य मठहरुको धारणालाई समेत नजरअन्दाज गर्दै हेमानन्द गिरीलाई शंकराचार्य घोषणा गरिएकोमा विश्व हिन्दु महासंघले विरोध गरेको छ।
केहि स्वार्थी र विधर्मीहरुको झुण्डले शंकराचार्य घोषित गर्दा नेपाल सरकारले देखाएको द्वैध चरित्रप्रति खेद प्रकट गरिएको महासंघका महासचिव अस्मिता भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा छ।
धार्मिक सहिष्णुता र राष्ट्रिय अखण्डतालाई खलल पार्ने यस किसिमको उच्छृङखल घटनालाई नियन्त्रण लिन नेपाल सरकारलाई तथा स्वघोषित शंकराचार्य तथा उक्त घोषणा गर्ने संस्थालाई समेत वहिष्कार गर्नका लागि विश्व हिन्दु महासंघले समस्त ॐकार परिवारमा महासंघले आह्वान गरेको छ।