arrow

निर्मला हत्या प्रकरण : बम दिदिबहिनी पक्राउ

एसपीका छाेरा र मेयरका भतिजा पक्राउ परेकाे कुरा लुकायाे प्रहरीले

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
nirmala1.JPG

काठमाडाैं । १३ वर्षीया  निर्मला पन्त हत्याकाे घटनाबारे एक पछि अर्काे विवरण खुलेपछि प्रहरीले निर्मला  किताब लिन गएकाे घरका दिदिबहिनीलार्इ पक्राउ गरेकाे छ । 

वर्ष २२ की दिदि अनिता बम र निर्मलाकी साथी वर्ष १४ कि राेशनी भनिने अाँचल बमलार्इ पक्रेकाे केन्द्रीय प्रहरी प्रवक्ता एवं एसएसपी शैलेश थापा क्षत्रीले हाम्राकुरालार्इ जानकारी दिए । उनले भने, 'साेधपुछका लागि  दुर्इ दिदिबहिनीलार्इ पक्राउ गरिएकाे हाे । अ,,,, दुर्इजना मात्रै पक्राउ परेका हुन् ।' कञ्चनपुर प्रहरीले भने याे जानकारी दिन मानेन । 

सीडीअाेले अधिकारकर्मीलार्इ प्रशासनमा अल्झार्इरहेका बेला दिदिबहिनी पक्राउ परेका हुन् । उनीहरूसहित प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छाेरा र नेकपाबाट निर्वाचित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालार्इ पनि पक्राउ गरेकाे बतार्इएकाे छ । प्रहरी प्रवक्ता र कञ्चनपुर प्रहरी दुबैले याे कुरा भने लुकाएका छन् । 

याे पनि पढ्नुस्

निर्मला हत्या थप रहस्यमय : एसपीका छाेरा र मेयरसा’वका भतिजालाई सोध्नै नहुने हो ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ