बुटवल । यस बर्षको रक्षाबन्धन अर्थात जनै पूर्णिमाको दिन दिइदै आएको सार्वजनिक बिदा संघिय सरकारले कटौती गरेसंगै प्रदेश सरकारले पनि बिदा नदिने भएको छ ।
मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा बुधवार प्रदेश नम्वर ५ को सरकारले बिदा दिएपछी जनै पूर्णिमामा पनि प्रदेश सरकारले बिदा दिनेमा कर्मचारीहरु ढुक्क थिए । कर्मचारीहरु बिदा हुनेमा ढुक्क भएपनि प्रदेश नम्वर ५ को सरकारले आइतबार विदा नदिने भएको छ ।
प्रदेश सरकारले बिदाको कुनै निणर्य नगरेपछी सरकारका प्रवक्ता समेत रहेका भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीसंग जिज्ञासा राख्दा उनले आइतबार बिदा नहुने स्पष्ट पारेका हुन् ।
उनले भने –‘संघिय सरकारले बिदा कटौती गरेको छ अन्य कुनै प्रदेशमा पनि बिदा दिएको पाईएको छैन यहा पनि त्यस्तै भयो ।’
प्रदेश सरकारले समेत बिदा नदिने भएपछी भोली जनै पूर्णिमा मान्न मावली ससुराली तथा आफन्त कहा जाने सोचमा रहेका कर्मचारीहरु निरास हुने भएका छन । उनीहरुका लागि जनै पुर्णिमा खल्लो हुने भएको छ ।