arrow

निर्मला हत्या प्रकरण: नेकपाको आकस्मिक बैठक, प्रहरी अधिकारीलाई कारबाहीको तयारी 

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
nekapa1.JPG

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र भड्किएको आन्दोलनबारे नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले आकस्मिक बैठक डाकेर छलफल गरेको छ । नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको हो । 

सत्ताधारी नेकपाले कञ्चनपुर घटनाका सबै संकास्पद अभियुक्तलाई तत्काल पक्राउ गरेर निष्पक्ष छानविन गर्न सरकारलाई भनेको छ । नेकपाको सचिवालय बैठकले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे निष्पक्ष छानविन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बलात्कार पछि हत्या भएकी निर्मला पन्त र वास्तविक अपराधीलाई कारबाही गनरिनु पर्ने र कञ्चनपुरमा चलेको आन्दोलनका बारेमा छलफल भएको नेता नारायणकाजी श्रेष्ठ बैठकपछि जानकारी दिए । गएको साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निमर्ला पन्तका आफन्त र स्थानीय आन्दोलित भएका छन् । आन्दोलनका क्रममा प्रहरीसँग भएको झपडका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ, भने पाँच सख्त घाईते छन् । 

विभागीय कारबाही 
निर्मला पन्तका हत्यारालाई तीन हप्ता वितिसक्दा समेत नखोजेको र  कारवाही नगरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले विभागीय कारबाही गर्ने भएको छ । 

अनुसन्धानमा प्रहरी संगठनको गरिमालाई आँच आउने गरी गैरजिम्मेवारी प्रस्तुत गरेका कारण गृहमन्त्रालयले गएको भदौ ७ गते एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी र प्रमुख जिल्ला अधिकारी काठमाडौं झिकाएको थियो । त्यो ठाउँमा गृहले अरुलाई जिम्मेवारी दिईसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ