arrow

कसैले युवती जिस्काउँदा भिडिहाल्ने ‘फायर ब्राण्ड’ सर्वेन्द्र अहिले कुन दुलो पसे ? 

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
Sarbendra-khanal.jpg

काठमाडौं । प्रहरी प्रमुख जस्तो मान्छेलाई कञ्चनपुरको निर्मला हत्या प्रकरण र काँडाघारीका बालक अपहरण, हत्या एवं ईन्काउन्टर प्रकरणसँग जोड्नु अप्रासांगिक मानिएला । तर, विगतमा युवती जिस्काएको देख्यो कि भिडिहाल्ने उनी प्रहरी संगठनबारे यस्तो विघ्न अविश्वास सिर्जना हुँदा पनि उनी किन मौन छन् ? 

योग्य भनिएकै प्रहरी नेतृत्वका सामुन्ने हत्यारालाई कारबाहीको माग राखेर आन्दोलनमा उत्रिएका स्थानीयमाथि गोली वर्सिनु र प्रहरीले ताकेको गोली लागेर मृत्यु भएको घटनाबाट उनी विमुख हुनै सक्दैनन्। पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीको भनाईलाई मान्ने हो भने, ‘कर्फ्यू आदेश जारी गर्नु थियो त पहिल्यै किन जारी नगरेको?’

उनले सोधेका छन्, ‘अहिले मुलुक संघीय संरचनामा गईसकेको भनिन्छ। अनि स्थानीय सरकार हुँदा हुँदै प्रहरीलाई फायर खोल्ने अधिकार कसले दियो ? र, कसले दिने हो ?’ गृहमन्त्रीले सिधै जिल्लाको प्रहरी प्रमुखलाई निर्देशन दिने हो वा केन्द्रको प्रहरी प्रमुखलाई पनि त्यसको बोधार्थ गरिन्छ ? यी प्रश्नहरु उठेका छन् । त्यतिमात्रै होईन, कानून बनाउन नसकेको सरकारले गृह प्रशासन सुधार कार्ययोजना लागू गर्ने नाममा संघीयताको मर्म विपरीत किन प्रहरी प्रशासन हातमा लिएको ? 

नेपाल प्रहरी आज्ञा पालक मात्रै हो वा यो संगठनको कुनै छुट्टै अस्तित्व र महत्व छ ? धेरै पछि गठन भएको सशस्त्र प्रहरी संघीय संरचनामा जानसक्ने तर, सबैको साथी भनिएको प्रहरी अहिलेसम्म संघीय संरचनामा किन जान नसकेको ? यस्ता प्रश्न पनि अनुत्तरित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माईतीघर मण्डला उफ्रिने ठाउँ हैन भन्नु स्वभाविक होला । तर, स्थानीय सरकार हुँदा हुँदै प्रर्दशनमा उत्रिएका स्थानीयमाथि भटाभट् गोली चल्नु कसरी स्वभाविक मानिएला र ?  

त्यसै पत्रकार राजेश मिश्रले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘प्रधानमन्त्री ओली अथवा गृहमन्त्री रामबहादुर थापा माथि जनताको विश्वास छैन भने यो जनताको गलती होईन । यी दुवै कुहिएका आलु नै हुन्। तर, प्रहरीको एक पछि अर्को कुकृत्य सार्वजनिक हुँदा पनि कुनै बेलाका “फायर ब्राण्ड’’ अधिकारी अनि हालका प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनालको कुनै भूमिका देखिएन। भक्तपुरको कृत्रिम मूठभेड र महेन्द्रनगरको बलात्कार काण्डले खनालको सफा पोशाकमा दाग लगायो । नेपालमा पद पाएपछि मान्छे किन गलित हुन्छ ?’

अघिल्लो वर्ष आईजीपीको दौडमा रहँदा खनालको निकै चर्चा थियो । २९ वर्षअघि इन्सपेक्टर बनेका ३ जना सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की मध्ये उनी नै योग्य ठहरिए । अहिले उनै योग्य भनिएका खनाल कुन दुलोमा पसेका छन् ? भनी नागरिकले प्रश्न गर्न थालेका छन् । उनकै सहयात्रीहरुले सुनकाण्डको अनुसन्धानताका पनि उनलाई प्रहरी सँगठनमा झाँगिएको बेथितिबारे भनेकै हुन् । 

उनको पहिलेदेखिकै स्वभाव हो हत्तपत्त नबोल्ने। यो पहिलेदेखिकै क्यारेक्टर नै हो । काम गर्ने हल्लाखल्ला नगर्ने बानी छ, भन्थे उनी । किशोरबय लागेदेखि नै अलिक विद्रोही, क्रान्तिकारी स्वभाव थियो । टोलमा कसैले अलिक निर्बललाई हेप्न थाल्यो भने तातिहाल्थे। निर्धोलाई हेप्ने जस्तोसुकै बलियोबांगो देखियोस् जाइलागिहाल्ने। हात हालिहाल्ने । कसैले युवती जिस्क्यायो भनेपनि भिडिहाल्ने। तर, अहिले एउटा बालिकामथि बलात्कार भयो, बलात्कारपछि हत्या भयो ? तीन हप्तासम्म अभियुक्तलाई समातिएन । न्यायका लागि आन्दोलन भयो । आन्दोलनका क्रममा एक जनाको मृत्यु भयो । केही घाईते छन् । तर त्यो क्रान्तिकारी ‘बाघ’ले चुइँक्क केही गरेको वा भनेको देखिएन।

उनी प्रहरी बन्नुको कथा हेर्दा त कञ्चनपुर घटनाले उनको सिरिङ्गो तातिनु पर्ने ? 
उनको रैथाने टोल लैनचौरमा २ जना पुलिस असई थिए । सेतो बाइक चढेर हिँड्थे। खुब फुर्तीफार्ती गर्थे। ईन्सपायरिङ फ्याक्टर बने उनीहरु । खनाललाई विशेष गरी गुण्डा तह लाउन सकिने लोभले ईन्सपेक्टर बन्ने चाहना ह्वात्तै बढ्यो। भर्खरै जस्तो स्नातक सकेका खनालले थाहा पाए, नेपाल प्रहरीमा भर्ना खुलेको २०४६ सालको अन्त्यतिर । फाराम भरे । जाँच दिए । नाम निस्कियो । खासमा उनी ईन्जिनियर बन्न चाहन्थे ।   

गुण्डा तह लगाउने ध्याउन्नमा नेपाल प्रहरीमा छिरेका सर्वेन्द्र खनालले काठमाडौंमा कुमार श्रेष्ठ अर्थात घैंटे कुमार इन्काउन्टर गरेको मात्रै चर्चा बढी भयो । तर, उनले तराईमा गरेका केही कारबाही यस्ता छन्, जसले तराईका कयौं भूमिगत सशस्त्र समूह पाताल भासिए। केही शान्ति प्रक्रियामा सामेल भए, अनि केही सफाया भए । अबका बाँकी भनेका समूह अवशेष हुन् । युवती जिस्काउनेदेखि त्रास फैलाउने गुण्डा तह लगाउनै भनेर उनी प्रहरीमा छिरेका हुन् । तर, नेतृत्वमा पुगेपछि उनलाई देश विदेश मात्रै भ्याई नभ्याई छ । प्रहरी संगठनको साख गिर्दो छ । 

खनालबारे थप जान्न याे पनि पढ्नुस् 

‘भित्तामा फोटो टाँस्ने र मानसम्मान भन्दा काम देखाउन चाहन्छन्’

ड्यूटीमा खटिएकाको निगरानीका लागि जासुस खटाउँथे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ