निर्मलाका लागि न्याय माग्दै बझाङका महिलाले गरे प्रदर्शन
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ भदौ ९ शनिबार
570
Shares
बझाङ। कन्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तका अपराधिलाई कडा भन्दा कारबाहिको माग गदै बझाङका महिलाहरुले प्रदर्शन गरेका छन् । निर्मलाका हत्या काण्डका अपराधिलाई प्रहरीले नै उन्मुक्ति गर्न खोजेको भन्दै बझाङ महिलालाहरुले नारा जुलुस सहित निर्मला हत्या प्रकरणका दोषिलाई पत्ता लगाई फाँसीको सजाय दिनु पर्ने माग गरेका छन् ।
महिला अधिकारकर्मीहरुले प्रहरी अनुसन्धान माथि प्रश्न समेत उठाउदै उल्टै न्याय माग्ने क्रममा एक जना बालकको मृत्यू भएको प्रति महिलाहरुले सरकारले नागरिकको हत्या गर्न लगेको भन्दै कडा आलोचा समेत गरेका छन् । प्रहरीले वास्तविक दोषिलाई उम्काउन खोजेको र निर्दोष बालक सनि खुनाको गोली हानी प्रहरीले ज्यान लिएको भन्दै यस घटनामा प्रहरीको समेत मिलेमतो भएको हुन सक्ने महिला अधिकारकर्मीहरुको आरोप छ ।
निर्मलाका लागि न्याय माग्दै महिला अधिकारकर्मीहरुले सदरमुकाम चैनपुरमा नारा जुलुस सहित हत्यारा लाई कारबाहिको माग गदै जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई माग गरेका छन् । प्रदर्शनमा उपस्थित महिला सहभागीले न्याय सम्बन्धि बिभिन्न प्ले काड समेत लिएर प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय माार्फत नेपाल सरकार लाई कारबाहीको माग गरिएको छ ।
शनिबार बझाङमा आन्दोलन गर्दै हत्यारालाई पत्ता लागई फाँसी दिनु पर्ने, मानशिक रोगीलाई बलात्कारको आरोप लगाएर प्रहरीले नै घटनालाई लुकाउन खोजेको, भदौ एक गते लागु भएको कानुन कार्यान्वयन गरीनु पर्ने लगायतका माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाईको महिला अधिकारकर्मीले बताएका छन् ।
महिला अधिकार मञ्च, महिला कल्याण बचत तथा ऋण सहकारी संस्था, पञ्चदेबल बहुउदेश्य सहकारी संस्था, मानव रक्षा संजाल, अन्तरपार्टी महिला संजाल, नागरीक समाज लगायतको संयुक्त साझेदारीका बलात्कारीलाई फाँसिको माग गर्दै आन्दोलन गरीएको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेनका सिहँले बताइन् । उनले दिन प्रतिदिन बलतकार , हत्याका घटनाहरु एकपछि अर्को गर्दै घट्दै गएको भएपनि सरकारले यस्ता अपराधीहरुलाई उन्मुत्ति दिन खोजेको प्रति आपत्ति जनाइन् ।
प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषि देखाएको उनीहरुको भनाई छ । आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो ।