arrow

कांग्रेसले तोक्यो महासमिति बैठक, मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुने

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
nc-party-office.png

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।  शनिबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले मंसिरमा महासमिति गर्ने गरी मिति र स्थानको टुंगो लगाएको हो ।
 
केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले काठमाडौंमा महासमिति गर्ने तय भएको बताए । यस्तै विधान मस्यौदा समितिमा समेत दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रीत सदस्य राख्ने बैठकले निर्णय गरेको छ ।
 
कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबार मात्रै ११ सदस्सयीय विधान समिति बनाएर संयोजकमा महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाएका थिए । तर सो समिति सहमती भएभन्दा बढी संख्या राखेर बनाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमती राखेका थिए।

जसका कारण हिजो शुक्रबारका लागि डाकिएको केन्द्रिय समिति बैठक विवाद भए पछि बस्दै नबसि शनिवारसम्मका लागि स्थगित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ