arrow

बढ्दाे बलात्कारपछि स्कुले बालिकामा यस्तो त्रास

‘खै मौलिक हक?, खै सामाजिक सुरक्षा ?’ 

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ भदौ ९ शनिबार
balatkar_news.JPG

काठमाडौं । ‘आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ हेर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने छ’ यो संविधानको धारा ४३ मा उल्लेखित मौलिक हकको व्यवस्था हो । 

यो मौलिक हकमा समेटिएका वर्ग मध्ये बालबालिकाबारे राज्य अझै संवेदनशील हुन सकेको छैन । संविधानले विशेषाधिकार दिएका तथा संरक्षण गरेका वर्ग नै बढी हिंसामा पर्ने गरेका छन् । जिम्मेवार निकायहरु आर्तनाद सुन्दैनन् । घटनाको संवेदनशीलतामा क्रियाशीलता आउन सकेको छैन । कानूनी राज्यको कुरा गर्ने राज्य सञ्चालकहरु नै सामाजिक सुरक्षासम्बन्धी मौलिक हकप्रति बफादार छैनन् । 

यस्तै, सरकारले अझै मौलिकहक सम्बन्धी कानुनहरु पारित गर्न सकेको छैन । अब एक महिनाको अवधिमा सरकाले मौलिक हक सम्बन्धी १७ बढी कानुन बनाईसक्नु पर्ने छ । कानून निर्माण गर्ने र कानून कार्यान्वयन गराउने निकायहरु सुस्त छन् । समाजमा नयाँ नयाँ प्रकृतिका घटनाहरु घटिरहेका छन् । 

पछिल्लो समय महिला र बालबालिकामाथि भएका हिंसात्मक घटनाले सिंगो मुलुक अशान्त भएको छ । सामाजिक सुरक्षाको विषय निकै खट्किएको छ । त्यति मात्रै नभई बढ्दै गएको बलात्कार र हत्या घटनाले आम नागरिकलाई स्तब्ध बनाएको छ । घटनाक्रम बढ्दै जानुले बालबालिकाको मनोविज्ञानमा झन् गम्भीर असर परेको छ ।  

प्यूठान घर भएकी कञ्चन सुनुवार १२ वर्षकी भईन् । तर, उनलाई अहिलेका घटनाक्रम सबै थाहा छ । कक्षा ८ मा पढ्ने उनीबाट के थाहा भयो भने ? उनले पढ्ने विद्यालयमा हिंसात्मक घटनाको त्रास रहेछ । हिंसात्मक घटनाको असर विद्यालयको पठन पाठनमा समेत परेको देखिन्छ । उनले बलात्कारका घटनाबारे विद्यालयमा शिक्षक शिक्षिकाले गरेको कुराकानीबाट थाहा पाएको बताईन् । कतिपय कुरा अहिले मोबाईलबाट थाहा भईहाल्छ, उनले भनिन् । 

बलात्कारको घटना थाहा पाउनेवित्तिकै उनको दिमागमा विभत्स दृष्यहरु आउँछन् । कतै जान, निस्किन पनि डर लाग्छ । उनले भनिन्, ‘खै हाम्रो सुरक्षा ?’ यसले उनको मनोविज्ञानमा कस्तो असर गर्ला ? कञ्चन जस्तै विद्यालय उमेरका बालकालिका सोझै भन्छन्, ‘नियम कडा नभएर होलान् घटनाहरु बढेको ।’ यसको अर्थ, मौलिक हकको ज्ञान नभएपनि बालबालिकाहरु राज्यबाट सुरक्षा खोजिरहेका छन् । 
रामेछापकी सबिता भन्छिन्, ‘कतिपय घटना बदला लिन भएका देखिन्छन् । कसैले सम्पतिको घमण्ड र पावरका कारण यस्तो हिम्मत गर्छन् । बरोजगारीले पनि बलात्कार र हत्या हिंसाका घटना बढेका होलान् ।’ उनी १२ को परीक्षा सकेर बसेकी छन् । अहिलेका घटना क्रमले विरक्त लागेको सुनाउँछिन्, उनी । 

राज्य घटना न्यूनिकरणमा जुट्न नसकेकाेमा उनकाे अाक्राेश छ । उनले भनिन्, 'सामाजिक काम गर्छु भन्ने संस्थाले साँच्चीकै काम गरिरहेका छैनन् । उनीहरुले गरेको काम देखिएको छैन, उनले भनिन्, ‘जो जे कामका लागि खटिएको हो । उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छैनन् ।' 

घटनाक्रम सुन्ने वित्तिकै आफु पनि असुरक्षित भएको कुरा सबै भन्दा पहिले उनको दिमागमा आउँछ । उनले भनिन्, ‘साँघुरो बाटोमा एक्लै हिड्न डर लाग्छ । हुल्याहा केटाहरु बाटो हिँड्दा पनि जिस्काउँछन् ।’ 

प्राथमिक विद्यालयमा पढ्ने सम्झौता गौतम समेत बलात्कारका घटनाबारे जानकार छिन् । बलात्कारको समाचार सुन्ने पा देख्ने जित्तिकै उनको दिमागमा डराएको र आँशु झारेका तस्वीरहरु छरपस्ट हुन्छन् । उनको सुझाव छ, ‘भड्किलो लुगा लगाईनु हुँदैन । चिनेका वा नचिनेका मान्छेहरुसँग धेरै घुलमिल हुनुहुँदैन । घर परिवारमा निशंकोच आफुलाई परेका सम्सया र अफ्ठ्याराहरु भन्नु पर्छ । परिवारले त्यसलाई तत्काल बुझ्नु पर्दछ । लापर्वाही गर्नु हुँदैन ।’ 

मूख्य कुरा घटना भईसकेपछि प्रहरी प्रशासनले कुनै पनि बहानामा लापर्वाही गर्न नहुने उनको भनाई छ । यसरी बालबालिका हिंसात्मक घटनाबारे जानकार छन् । उनीहरुको मनोविज्ञानमा नराम्रो छाप परिरहेको प्रष्ट छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ