arrow

सुष्मा स्वराज किन गइनन् चन्द्रागिरि ?

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
susma-sworaj-new.jpg.jpeg

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन यही बिहिबार हुँदै गर्दा त्यसको तयारीमा केपी शर्मा ओली नेतृत्वको सरकारले देखाएको कमजोरीको आलोचना भइरहेको छ । 

सबैभन्दा ठूलो कमजोरी सडक निर्माणको देखिएको छ । यही सडककै कारण गोकर्ण रिसोर्टको कार्यक्रम स्थगित भएको छ । बौद्ध जोरपाटी सडक निर्माण पूरा भएको छैन।

विभिन्न ठाउँमा सडककै कारणले विदेशी पाहुनाले हैरानी खेप्नुमात्र परेको छैन देशको विकास निर्माणको स्थिति पनि छर्लङ्ग भएको छ । 

बिमस्टेकको परराष्ट्र मन्त्री स्तरीय बैठकका बेलामा सडकको दुरावस्थाको कारणले भारतीय विदेश मन्त्री सुष्मा स्वराजले चन्द्रागिरी केवलकारमा जान पाएकी थिइनन् । 

अन्य देशका विदेशमन्त्रीहरु भने चन्द्रागिरि गएका थिए ।

कलंकी नागढुङ्गा सडक नबनेकाले गर्दा स्वराज चन्द्रागिरि जान सकेकी थिइनन् । अरू देशका मन्त्रीहरु गएपनि स्वराज स्वास्थ्यका कारण सो बिग्रिएको बाटोमा यात्रा गरिनन् ।

उनको किड्नी फेरेकाले बाटोका कारण स्वास्थ प्रतिकुुल  नहोस भनेर चन्द्रागिरी भ्रमण स्थगित गरिन ।

अतिथि देवो भवः भन्ने हाम्रो परापूर्वकालदेखिको नीति छ । तर त्यही सडकका कारण आलोचित हुनुपर्छ भने त्यो भन्दा दुर्भाग्य के होला ?  

यो सरकारलाई काम गर्न कसैले रोकेको छैन । नीतिगत रुपमा विपक्षी दलले संसदमा प्रश्न गरे पनि विकासे कामका लागि कुनै पनि दल बाधक बनेका छैनन् । तर ओली सरकारले यसलाई सदूपयोग गर्न सकेको छैन । तर पनि कामको गती बढ्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ