कंचनपुर घटनाका लागि कांग्रेसले खटाएका दुई नेता 'फिल्ड'मा
प्रकाशित २०७५ भदौ १० आइतबार
260
Shares
काठमाडौं । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण त्यसपछिको आन्दोलन, गोली काण्ड र थप प्रकरणबारे बुझ्न नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु कंचनपुर पुगेका छन् ।
नेपाली कांग्रेसको निर्णय अनुसार कांग्रेस केन्द्रिय सदस्य एंम पूर्व मन्त्री द्वय वीर बहादुर बलायर र दिलेन्द्र प्रसाद बडु कंचनपुर पुगेका हुन् ।
उनिहरुले कंचनपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा जिल्ला सभापति लगायत पदाधिकारीहरुसँग छलफल गरि सुरक्षा निकाय र सम्बन्धित पक्षसँग भेट गरि छलफल गर्ने छन् ।
आजै मृतक निर्मलाका परिवार र घाइतेहरुलाई पनि भेट्ने कार्यक्रम रहेको स्थानीय रमेश जोशीले जानकारी दिए ।
केन्द्रिय सदस्यहरुले घटना र त्यसपछि उत्पन्न परिस्थितिका बिषयमा छलफल गर्ने र घटनाको अनुसन्धानका बारेमा सुरक्षा निकायका प्रमुख हरुसँग जानकारी लिनेछन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर सन्नी खुनाको मृत्यु भएको थियो ।
साथै उनिहरुले आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।