निर्मला हत्याकाण्डमा कांग्रेसले सरकारलाई १५ दिनसम्म पर्खने
आन्दोलन भड्काउन कांग्रेस नलागेको तर्क
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ भदौ ११ सोमबार
610
Shares
कञ्चनपुर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एव सांसदले सरकारले गोली चलाएर मानव अधिकार ठाँडो उलङ्घन गरेको टिप्पणी गरेका छन् । निर्मला पन्त हत्याकाण्डको विषयलाई बुझ्न कञ्चनपुर आईपुगेका कांग्रेसका केन्द्रीय सदस्य एव प्रतिनिधी सभा सदस्य दिलेन्द्र प्रसाद बडू र कांग्रेस केन्द्रीय सदस्य बीर बहादुर बलायरले न्याय माग्न सडकमा उत्रिएका जनतामाथी सरकारले दमन गरेको आरोप लगाएका हुन् ।
सोमबार नेपाल प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेताद्वयले घटनाको ढाकछोप गर्न माथिदेखि तलैसम्म षड्यन्त्र भईरहेको समेत दाबी गरेका छन् । साथै पीडित परिवारलाई न्याय दिनुको सट्टा राहत स्वरुप पैसा दिन हतार गरेकोमा दुःख व्यक्त गरेका छन् । पीडितलाई पहिला न्याय चाहिन्छ, त्यसपछि राहत बलायरले भने यसबाट कहि अनुसन्धान प्रभावित हुने हो कि भन्ने स्थानीयमा शंका उब्जेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव सांसद दिलेन्द्र प्रसाद बडूले निर्मलाको बलात्कार पछि हत्या मानव समाजकै लागि अत्यन्तै दुखदायी घटना भएको बताए । ‘यो घटनाले हामीलाई लज्जित बनाएको छ, ‘उनले भने, ‘घटना जघन्य छ, दोषिलाई कुनैपनि हालतमा उन्मुक्ति दिनु हुँदैन्, निर्दोष फस्नु हुँदैन् ।’ न्याय मागेर जनता सडकमा उत्रिदा सत्तापक्षले कांग्रेसले लासमाथि राजनीतिक गरेको आरोप लगाएको परिमाण स्वरुप जनता स्वत सडकमा आएको उनको विश्लेषण छ ।
‘कांग्रेसले समाजमा भईरहेको गलत कामको खबरदारी मात्रै गरेको हो, ‘उनले भने, ‘यसमा कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका मात्रै निर्वाह गरेको छ ।’ जनताको मनोविज्ञान बुझेर उच्चस्तरिय छानबिन गर्नुपर्ने उनको भनाई छ । उच्चस्तरिय छानबिन समिति र नयाँ प्रहरी प्रशासनले सहि ढङगले छानबिन नगरे कांग्रेसले पुनः दोस्रो चरणको आन्दोलनमा उत्रिने उनको चेतावनी छ । कांग्रेसले १५ दिनसम्म पर्खने उनले बताए ।
यस्तै पत्रकार सम्मेलनमा बलायरले सरकारले पीडित परिवारलाई राहतका नाममा पैसा वितरण गरेर मात्रै नहुने भन्दै न्याय दिनुपर्नेमा जोडदिए । सन्नी खुनालाई शहिद घोषणा गरेपनि दाहसंस्कार प्रकृयामा प्रमुख प्रतिपक्षी र जनतालाई खबरै नगरेर फोहोर उठाउने टेक्टरमा शव लगेर शहिदको अपहेलना गरिएको उनको आरोप छ ।
कांग्रेसले उच्चस्तरिय छानबिन समिति गठन भएपछि न्यायिक छानबिन समितिको माग अघि नसारेको बताए । आन्दोलन नियन्त्रण लिने नाममा सरकारले अन्दाधुन्द गोली प्रहारका साथै आँश्रुग्याँस प्रहार गरेर आन्दोलनकारी बाहेकका जतताको स्वास्थ्यमा समेत प्रतिकुल असर पारेको उनको भनाई छ ।
कांग्रेस नेताद्वय बडू र बलायरले घाईतेको सिघ्र उपचार र निर्मला हत्याकाण्डका दोषिलाई चाँडो भन्दा चाँडो सार्वजनिकको माग अघि सारेका छन् । कांग्रेसले अब कसै जनताको छोरीले निर्मलाको जस्तै भोग्नु नपरोस भन्दै कांग्रेसले घटना भएदेखि सरकारलाई सचेत गराउँदा समेत सरकारले घटना बङग्याउन खोजेको नेताहरुको आरोप छ।
आन्दोलन उस्काउनमा कांग्रेसको भूमिकाको विषयमा नेताहरुले आन्दोलन भडकाउन कांग्रेस नलागेको जवाफ दिदै त्यो सत्तापक्षधारीले लगाएको आरोप भएको बताएका थिए। समाजमा भईरहेको विकृति बिरुद्ध कांग्रेसको सरकारलाई खबरदारी मात्रै भएको कांग्रेस नेताको टिप्पणी थियो ।
आइतबार कांग्रेस नेताद्वय बडू र बलायरले निर्मला पन्तका आमा बुबा, उनका छिमेकी शहिद सनि खुना परिवार, घाईते परिवार, अधिकारकर्मीका साथै प्रहरी प्रशासन, लगायत सरोकार एवं अनुसन्धानका क्रममा केरकार गरिएका व्यक्तिसंग भेटघाट गरेका छन् । घटनाको निष्पक्ष छानबिन गर्न सुझाव दिदै पीडितकै साथमा कांग्रेस भएको विश्वास दिएका थिए ।
यस्तै पोखरामा भएको बलात्कारपछि गरिएको हत्याको समेत प्रशासनले सहि ढङगले छानबिन गरी पीडित परिवारलाई न्याय दिनुपर्ने कांग्रेस नेताद्वय बडू र बलायरले बताए । बलात्कार पछि दिइने क्षतिपूर्तिमा समानता हनुपर्ने र बलात्कारमा परेका सबैलाई सरकारले उचित क्षतिपूर्ति दिइनुपर्ने उनीहरुको भनाइ छ ।