arrow

ओलीले बादलसँग मागे २४ घण्टे स्पष्टिकरण

लेनिन विष्टलाई एयरपोर्टबाट किन फर्काइयो ?

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
oli-badal.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी लेनिन विष्टलाई एयरपोर्टबाट फर्काइएको बिषयमा गृहमन्त्री रामबहादुर थापा (बादल)सँग स्पष्टिकरण मागेका छन् ।

प्रधानमन्त्री ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्।

शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले फर्काएको थियो ।

शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका विष्टलाई ‘माथिको आदेश' भनेर फर्काइएको थियो ।

पूर्व माओवादी सेनामा वालसैन्यको रुपमा रहेका बिष्ट थाइल्याण्डमा वालसैन्य सम्वन्धी एक कार्यक्रममा भाग लिन त्यसतर्फ जाँदै थिए। 

बैङकक जानु अघी विभिन्न निकायसँग पत्राचार गरि अनुमति समेत लिएका भएपनि गृह प्रशासनले बिष्टलाई अध्यागममनबाट फर्काएको थियो। 

अध्यागमन गृह प्रशासन मातहत रहेको छ। पूर्व माओवादी नेता वादलको नेतृत्वमा रहेको गृह मन्त्रालयले बिष्टलाई रोकेपछि यो विषयले अन्तराष्ट्रियस्तरमा नेपालको मानवअधिकारको दयनिय अवस्थालाई देखाएको छ। 

सरकारसमेत बिषटलाई रोकेको बिषयमा दवावमा परेपछि गृह प्रशासनलाई पत्राचार गरि प्रधानमन्त्री ओलीले स्पष्टीकरण लिएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ