निर्मला हत्याकाण्ड : बम दिदीबहिनीमाथि अनुसन्धान गर्न म्याद थप
प्रकाशित २०७५ भदौ ११ सोमबार
372
Shares
काठमाडौं। १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको घटनामा पक्राउ परेका बम दिदीबहिनीलार्इ अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ ।
गत शनिबार पक्राउ परेका वर्ष २२ की दिदि बबिता बम र निर्मलाकी साथी वर्ष १४ कि रोशनी भनिने आँचल बममाथि थप अनुसन्धान गर्न कञ्चनपुर अदालतले म्याद थप गरेको हो ।
निर्मला हत्याकाण्डमा पक्राउ परेर म्याद थप भएका दिलिप सिंह बिष्ट र बम दिदीबहिनीलाई सँगै अदालतमा बयान लिन म्याद थप गरिएको बुझिएको छ । दिलिप विष्टलाई भदौ ४ मा प्रहरीले सार्वजनिक गरेको थियो ।
निर्मला हत्याको घटनाबारे एक पछि अर्को विवरण खुलेपछि प्रहरीले निर्मला किताब लिन गएको घरका दिदिबहिनीलार्इ पक्राउ गरेको थियो। उनीहरूसहित प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा र नेकपाबाट निर्वाचित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालार्इ पनि पक्राउ गरेको बतार्इएको छ । प्रहरी प्रवक्ता र कञ्चनपुर प्रहरी दुबैले यो कुरा भने लुकाएका छन् ।
सो घटनामा प्रहरीको भुमिका शंकास्पद भएपछि एसपी दिल्लीराज विष्ट निलम्वन गरि उनलाई काठमाडौं झिकाइएको छ। आक्रोशित स्थानियमाथि प्रहरीले कार्वाही गर्दा थप एक किशोरको निधन भएको छ।
कञ्चनपुर अहिले पनि शान्त भइसकेको छैन। अझै पनि प्रहरीले कर्फ्यु लगाइरहेको छ।