arrow

नयाँ विश्व कीर्तिमान बनाउन अनन्तराम जुटे अभियानमा

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
anantaram.jpg

काठमाडौं ।  सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियान आज (सोमबार) विहान ६ बजेदेखि  राजधानीमा शुरु भएको छ ।

 गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा केसीले निरन्तर विभिन्न विषयमा प्रवचन दिइरहेका छन् । अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो ।

 शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

 केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने जानकारी दिएका छन् ।

 नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन ।

 अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ