वृद्धि गरिएको कर घटाउन माग गर्दै कांग्रेसले घेर्यो पाख्रिवास नगरपालिका
प्रकाशित २०७५ भदौ ११ सोमबार
456
Shares
धनकुटा । जनताले तिर्नै नसक्नेगरी कर वृद्धी गरेकोले घटाउन माग गर्दै सोमबार धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेस लगायत लोकतान्त्रिक गठनबन्धनको नेतृत्वमा नागरिकहरुले घेराउगरी ज्ञापन पत्र बुझाएका छन ।
पाख्रिवास बजारमा भेला भै नाराजुलुस सहित जनताको ढाड भाच्ने गरी वृद्धि गरिएको कर तत्काल घटाउन चर्को नाराबाजी गर्दै पाख्रिवास नगरपालिका कार्यालयमा पुगी घेराउ गरी ज्ञापन पत्र बुझाएका हुन ।
कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई,संयोजक तथा जिल्ला सदस्य ज्ञान बहादुर गुरुङ्ग, राप्रपा प्रजातान्त्रिक पाख्रिवास नगर अध्यक्ष कृष्ण थापा, संघिय समाजवादी फोरमका केवल देवान लगायतले घेराउ गर्दै नगरपालिका परिषदमा आयोजना गरिएको कार्यक्रममा जनताले तिर्नै नसक्ने गरी अत्यधिक वृद्धि गरिएको कर तत्काल नघटाएमा सशक्त आन्दोलन गर्ने वताए ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको अध्यक्षतमा भएको नगरपालिका घेराउ तथा कोण सभा कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु गोरख वहादुर पिठाकोठे मगर,कमला भूजेल, नेपाल तरुण दल क्षेत्र नं. २ का अध्यक्ष तिलक महत,नेविसंघ धनकुटा बहुमखी क्याम्पस अध्यक्ष सरोज धमला क्षेत्रिय सदस्य ज्योती गुरुङ्ग,गंगा गुरुङ्ग, श्याम प्रकाश राई,भक्त गुरुङ्ग,राप्रपाका क्षेत्रिय अध्यक्ष श्याम गुरुङ्ग,लक्ष्मी थापा लगायत पाख्रिवास नगरवासीहरु र नेपाली कांग्रेस,राप्रपा प्रजातान्त्रिक र संघिय समाजवादी फोरमका नेता तथा कार्यर्ताहरुको सहभागी रहेको थियो ।
कार्यक्रमको पाख्रिवास नेपाली कांग्रेसका सचवि संचालन चन्द्र वस्नेतले गरेका थिए । नागरिकहरुले पाख्रिवास नगरपालिका परिषदमा दुई घण्टा जती नाराबाजी तथा भाषण गरी घेराउ गरी ज्ञापन पत्र पाख्रिवास नगरपालिकाका निमित्त कार्यकारी अधिकृत महेन्द्र रानालाई बुझाई दर्ता गराएका थिए ।