arrow

अज्ञात समुहको निर्घात कुटपिटबाट खत्री गम्भीर घाईते

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ भदौ ११ सोमबार
khatri.jpg

लम्की, कैलाली। अज्ञात समुहको निर्घात कुटपिटका कारण कैलालीको लम्कीमा एक जना गम्भीर घाईते भएका छन ।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुर चोकदेखि आफ्नो घर लम्की थपालीपुरमा अटो रिक्सामा जादै गरेका बिरवल खत्रीलाई अज्ञात समुहले निर्घात कुटपिट गरेको हो।

घाईते खत्रीको टाउको, मुख र शरीरमा गम्भीर चोट लागेको छ । खत्रीलाई लम्की चोकदेखि थपालीपुरतर्फ जादै गर्दा पाइनियर्स स्कुल नजिकै मोटर साइकल रोकेर बसेका दुई जना अपरीचित युवकले एक्कासी हेल्मेटले हिर्काएका रिक्सा चालक मोतिपुरका दानबहादुर खत्रीले बताए ।

त्यसो किन गरेको भन्दा उल्टै आफुमाथि समेत आक्रमण गरी कुटपिट गरेको रिक्साचालक खत्रीले बताए । लम्की चोकदेखी करीब २ सय मिटरको दुरी घटना भएको भएपनि घटनाबारे प्रहरीले भने गम्भीरताका साथ नलिएको स्थानियले गुनासो गरेका छन ।

कुटपिटसंगै होहल्ला गरेपछि दुबै जना युवक मोटरसाइकल चलाएर भागेको जनाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ