arrow

निर्मला पन्त घटनामा न्याय खोज्ने घाईतेको उपचारमा आर्थिक अभाव

logo
ईश्वरदत्त बडू 
प्रकाशित २०७५ भदौ १२ मंगलबार
nirmala1.JPG

कञ्चनपुर । १३ वर्षे बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अझै सेलाएको छैन । हत्यारा नै पत्ता नलागेको अवस्थामा हत्यारा पत्ता लगाई कार्वाही गर्न माग गर्दै सडकमा ओर्लेका स्थानीयलाई प्रहरीले गोली बर्सायो । 

घाइतेहरुको उपचारमा समस्या भएको छ । त्यही गोली लागि घाइते भएका मध्येका एक हुन् । भीमदत्त नगरपालिका–२ भाँसीका ४१ बर्षिय चेतराज भट्ट । उनलाई गत बिहिबार दिउँसो २ बजेतिर पुर्वपश्चिम महेन्द्रराजमार्ग ट्राफिक चोक क्षेत्रमा गोली लागेको थियो । 

प्रत्यक्षदर्शी एव उनका काका शेरराज भट्टले १०० मिटर भन्दा टाढाबाट प्रहरीले गोली चलाएको बताए । ‘बिहिबार घरयासी कामले हामी दुवै काका भतिजा महेन्द्रनगर बजार आएका थियौँ, बसपार्कदेखि भाँसी घर जाँदै थियौँ, घाईतेका काका शेरले भने, ‘ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भईरहेको थियो, प्रहरीले आँश्रुग्याँस प्रहार गर्यो, जसका कारण हामी दुवैलाई स्वाँस लिन समेत समस्या भयो, मैले मोटरसाईकल चलाएको थियो, त्यही रोकेर साईडमा उभिएका थियौँ ।’ 

प्रहरीले ट्राफिक चोकबाट हामीतिर गोली ताक्यो, म शौचालय भित्र बसे, भतिज त्यही भिडमा थियो ।’ उनको टाउकोमा गोली लागेर रहेछ् ।’ एक छिनपछि भतिज चेतराजलाई खोज्दै हिँडे पाएनन्, फोन लगाए, जसले अस्पताल लगेको थियो, उसैले फोन उठाएर भन्यो, तपाईको भतिजालाई गोली लागेको छ, म अस्पताल हिंडें, चेतराजको टाउकोमा छर्रा लागेको रहेछ ।’

महाकाली अञ्चल अस्पतालले रेर्फर गरेपछि भारतको खटिमास्थित कृष्णा हड्डी अस्पतालमा लगेको बताउँदै उनले पुनः थप उपचारका लागि सोमबार शिक्षण अस्पताल महाराजगंञ्ज ल्याएको बताए ।

 ‘महेन्द्रनगर र भारतमा अहिलेसम्म ३५ हजार भन्दा बढि खर्च भईसक्यो, ‘उनले भने, ‘उपचारमा समस्या भयो, ‘सरकारले घाईतेको उपचार गर्छु भनेपनि आफ्नो भजितको उपचारमा आर्थिक अभाव भएको छ ।’ कहि कतैबाट आर्थिक सहयोग नपाईएको बताउदै घरकै पैशाबाट उपचार गराईरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ