arrow

मोदी नेपाल आउँदै गर्दा भारतीय नागरिक हतियारसहित पक्राउ

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
arrested.jpeg

वीरगञ्ज । हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । 

भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

बिमस्टेक सम्मेलनका लागि सरकारले सुरक्षा कडा पारेको छ । भारतीय प्रधानमन्त्री नेपाल आउनुअघि यो घटना भएको हो । 

यसैगरी प्रहरीले मंगलबारै मोतिहारी हरिसिद्धि गाउँ बस्ने सञ्जय सहनीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै भारतीय नागरिकलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ