arrow

बिम्स्टेक शिखर सम्मेलनको ‘साइड इफेक्ट’ : यातायात व्यवसायीलाई करोडौं घाटा !

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
yatayat2.JPG

काठमाडौंं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनको प्रत्यक्ष असर काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा पनि पर्दैछ । भदौ १३ वुधबारदेखि १५ गते शुक्रबारसम्मका लागि राजधानीमा यातायात सञ्चालन गर्न जोर बिजोर प्रणाली लागु गरिँदैछ । १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका गाडी मात्रै राजधानीमा गुड्न पाउनेछन् । 

तथ्यांक अनुसार उपत्यकामा दैनिक १२ हजार १ सय ३३ वटा बस, १२ हजार ८ सय ९० वटा मिनिबस, ३ हजार ४४ वटा माइक्रो र २ हजार ५ सय २८ वटा टेम्पो चल्ने गर्छन् । कार भ्यान र जीप मात्रै १ लाख ५२ हजार बढी उपत्यकामा गुड्छन् । भाडाका ट्याक्सी मात्रै १० हजार भन्दा बढी छन् ।

त्यस्तै २१ हजार ६ सय बढी ट्रक पनि राजधानीकै सडकमा फेरो मार्छन् । मोटर साइकल मात्रै ६ लाख बढी रहेको तथ्यांक छ (श्रोत् ट्राफिक प्रहरी महाशाखा) । साझाका ४६ वटा गाडी राजधानीमै दगुर्छन् । जोर बिजोर लागु भएपछि, यो ३ दिनको अबधीमा हरेक दिन ६ हजार बस, ६ हजार मिनिबस, १५ सय माइक्रो, १२ सय टेम्पो, ५ हजारभन्दा बढी ट्याक्सी थन्किनेछन् । १० हजारबढी ट्रक पनि सडकमा ढिम्किन पाउने छैनन्। 

बस, मिनिबस, माइक्रो र ट्याक्सीको मात्रै मोटामोटी कमाइको हिसाब गरौं–  

यी भाडाका सवारी साधन बाहेक ट्रक, टिप्पर, पिकअप लगायतका सयौं गाडी मालिकले पनि लाखौं गुमाउनु पर्नेछ । तर यो सम्मेलन मुलुकको समृद्धिका लागि कति उपलब्धिपूर्ण हुन्छ, त्यसले ठूलो अर्थ राख्नेछ । साथै उपत्यकामा दैनिक गुड्ने नीजि सहितका १३ लाख सवारी साधन (मोटरसाइकल सहित) आधा जति थन्किँदा बाटोमा सवारीको चाप होलो बन्नेछ । प्रदुषण कम गर्न थोरै भएपनि सहयोग मिल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ