arrow

दाङमा गिद्ध दिवस मनाईने

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
Write-rumped.JPG

तुलसीपुर । दाङमा दशौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाउन लागीएको छ । पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रले भदौ १४ गते बिहीबार दिवस मनाउन लागेको संस्थाका कार्यक्रम संयोजक तुल्सीराम वलीले जानकारी दिए । घोराही उपमहानगरपालीका वडा नं. २ को चरीङ्गे तालमा प्रदेश सभामुख पुर्ण बहादुर घर्तीको उपस्थितमा दिवस मनाउन लागीएको वलीले जानकारी दिए ।

नेपालका विभिन्न जिल्लामा गिद्ध संरक्षणका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले गिद्ध संरक्षणकालागी सचेतना फैलाउने उद्देश्यले सचेतनामुलक र्‍याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु गरी दिवस मनाउन लागीएको राष्ट्रिय गिद्ध सञ्जालका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिए ।
 
प्रत्येक बर्ष सेप्टेम्बर महिनाको आसपासमा एक हप्तासम्म अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश संसारभर मनाईन्छ । गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्ध दिवस मनाइदै आएको नेपाल पन्क्षि संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताए ।

नेपालीका अनुसार नेपालमा मात्रै २० वटा भन्दा बढी विभिन्न संस्थाहरुको संलग्नतामा यो दिवस मनाइदै छ । यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको “राष्ट्रिय सचेतना दिवस” बाट बिकसित भई  सन् २००९ बाट अन्तराष्ट्रिय दिवशको रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा पर्यावरणका बिषयमा तिज गित प्रतियोगीता पनि राखीएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ