arrow

निर्मला हत्याकाण्ड : कर्फ्यू हटाइयो, सूक्ष्म अनुसन्धानमा प्रहरी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ भदौ १३ बुधबार
nirmala1.JPG

पुनर्वास ।  एक साता देखि अशान्त र तनावग्रस्त बनेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा लगाइएको कर्फ्यू दिनमा हटाइए पछि जनजीवन सामान्य बन्दै गएको छ ।

भिमदत्त नगरपालिका २ कि १३ वर्षिया बालिकाको गत साउनमा  बलात्कार पछि हत्या गरिए पछि आन्दोलित हुँदै आएका स्थानीय प्रहरीले मानसिक सन्तुलन राम्रो नभएको भनिएका दिलिपसिंह बिष्टलाई मुख्य दोषीको रुपमा प्रहरीले  सार्वजनिक गरे संगै महेन्द्रनगरमा  झडपको स्थिती आएको थियो ।  

प्रहरी प्रशासनको बिरोधमा उत्रिएका स्थानियको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरे पछि सदरमुकामको स्थिती तनावग्रस्त बनेको थियो ।  एक जना किशोरको ज्यान जानेगरी भएको झडप र अनियन्त्रित माहोल शान्त पार्न कर्फ्यु समेत लगाइएको महेन्द्रनगरको अबस्था अहिले सामान्य बन्दै गएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने अहिले महेन्द्रनगरको अबस्था शान्त  र सामान्य बन्दै गएको छ । उनले भने -घटानाको सुक्ष्म रुपमा अनुसन्धान भइ रहेको छ । केही दिन अघि प्रहरीले सार्वजनिक गरेका तर मानसिक सन्तुलन राम्रो नभएका भनिएका दिलिपसिह बिष्टको स्वास्थ्य  परिक्षणका लागि काठमाडौं पठाइएको छ । एसपी  कडायतले भने "घटनाको अनुसन्धानका लागि बबिता बम र रोशनी बमलाई नियन्त्रणमा लिइ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइ रहेको छ ।" दिउँसो कर्फ्यु हटाइए पछि जनजीवन सामान्य बनेको हो ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही गरेको भन्दै गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपी डिल्लीराज पन्त र डिएसपी ज्ञानबहादुर सेठीलाई केन्द्रमा तानेको थियो । एसपी बिष्टलाई भने निलम्बित गरिएको थियो ।  उनको ठाउँमा एसपी कडायतलाई पठाइएको हो । सोही घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय छानबिन टोलि समेत कञ्चनपुर पठाएको थियो ।

वास्तविक बलात्कारी र हत्याराको खोजी गरि कारवाहीको माग राख्दै स्थानीयले गरेको प्रदर्शन दबाउन प्रहरीले बलप्रयोग गर्दै गोलि चलाए पछि १४ वर्षिय किशोर सन्नी खुनाको ज्यान गएको थियो भने एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए । सो घटनाले महेन्द्रनगरको स्थिती असामान्य र आतंकित बन्न पुगेको थियो । तर अहिले स्थिती सामान्य बन्दै आएको छ । महेन्द्रनगर स्थित हाम्रा समाचार दाता इश्वर बडु भन्छन् "प्रशासनले कर्फ्युको समय छोट्याए पछि जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्युका कारणले बन्द रहेका  बिधालयहरु समेत सञ्चालनमा आएका छन् ।" उनी भन्छन बजारमा किनमेल गर्नेको समेत घुँइचो लागेको छ । स्थानीय प्रशासनले कर्फ्युको समय बेलुका ५ बजे देखि बिहान ४ बजे सम्म तोके पछि दिनभर कर्फ्यु खुलेको छ ।

यद्यपि प्रहरीको अनुसन्धान कस्तो हुने हो बडो कौतुहलताका साथ हेरिएको छ । निर्मला हत्याकाण्डमा दोषीको पर्दाफास गर्न यतिबेला प्रहरीलाई चुनौती थपिएको छ । के साँच्चिकै वास्तविक हत्याराको पहिचानमा प्रहरी सफल होला ? यति बेला सबैको ध्यान केन्द्रित बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि नागरिक प्रशासनको हातेमालो आबश्यक छ । संयमता र बिवेकपुर्ण कदमका साथ सबैले सहयोग गर्न जरुरी देखिएको छ वास्तविक हत्यारा पहिचानको लागि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ