ओखलढुंगामा मारिएका कांग्रेस कार्यकर्ता सन्तोषका हत्यारा सन्जीत कोहलपुरबाट पक्राउ
जीवन शर्मा,
प्रकाशित २०७५ भदौ १४ बिहिबार
292
Shares
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउपालिका ३ हर्कपुरका सन्तोष कार्कीको हत्याका आरोपी सन्जीत थापालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको छ ।
बिहिबार बाँकेको कोहलपुरवाट पक्राउ परेका थापालाई रातारात अड्डा सार गरी विहान ओखलढुंगा ल्याएको थियो । उनलाइ ओखलढुङ्गा प्रहरीले अदालतमा हाजिर गराएको छ । थापालाई अदालतमा हाजिर गरापछि थप अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
गत भदौ ५ गते मोलुङ गाउँपालिका वडा नं ३ साविकको हर्कपुर ९ का २७ बर्षीय सन्तोषको हत्या गरेको आरोपमा प्रहरीले दाङको लालमटिया, भालुबाङ घर भएका थापालाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेर आजै जिल्ला ल्याइ पुर्याएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए ।
उनलाइ आजै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । आफ्नै घरमा बसेर टिभी हेरिरहेका कार्कीको धारिलो हतियार प्रहार गरी क्रुरतापूर्वक हत्या गरिएको थियो ।
कार्कीका परिवारले हिजै थापाका नाममा किटानी जाहेरी दिएका छन् । वैदेशिक रोजगारका सिलसिलामा दुबइ बस्दै आएका थापाले आफ्नो घर बार विगारेर जिवनै वर्वाद वनाएकाले कार्कीको हत्या गर्नुपरेका आफ्नो फेसबुक वालमा केही दिन अघि पोष्ट गरेका थिए ।
कार्कीका हत्यारा थापालाई हदैसम्मको कारवाही गरिनुपर्ने परिवारका सदस्यले माग गरेका छन् ।