arrow

नेपाल भारत मैत्री पशुपति धर्मशालाको प्रधानमन्त्रीद्वय ओली र मोदीले गरे उद्घाटन

नेपाल भारत मैत्री पशुपति धर्मशाला दुई देशबीच सम्वन्ध सुदृढ गर्ने दिशामा कोशेढुङगो हुने भारतीय प्रधानमन्त्री मोदीको विश्वास

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
oli-modi-pashupati-dharmasala.jpg

काठमाडौं। भारत सरकारको सहयोगमा निर्माण भएको नेपाल भारत मैत्री पशुपति धर्मशालाको नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

उद्घाटन लगत्तै दुई बर्ष अघी निर्माण शुरु भएको धर्मशाला भारत सरकारले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो। 

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा तिलगंगामा रहेको १० हजार ६२५ वर्ग मिटरमा फैलिएको जमिनमा निर्मित धर्मशाला ४ सय शैया क्षमतायुक्त रहेको छ। भवनको कुल क्षेत्रफल भने ६ हजार १०० वर्गमिटर रहेको छ।

भारतीय सरकारले कोषलाई उपलव्ध गराएको २२ करोड अनुदान सहयोगमा धर्मशाला निर्माण भएको हो। 
तीन तल्ले धर्मशालामा तीर्थयात्रीहरुका लागि आधुनिक सुविधाहरुको व्यवस्था गरिएको छ।

धर्मशालामा एक शैया, दुई शैया, चार शैया, दश शैया र वाह्र शैयाका कक्ष, भान्छा कोठा, भोजन गर्ने हल, पुस्तकालय, वहुउद्धेश्यीय हल, वाटर ट्रिटमेन्ट प्लान्ट, सोलार हिटर र जेनेरेटरको व्यवस्था गरिएको छ।   

पशुपतिनाथको दर्शन गर्न आउने तीर्थालुहरुलाई यस धर्मशालाले उपललव्ध गराउने सुविधाहरुको व्यवस्थापन गर्नेछ। 

नेपाल भारत मैत्री पशुपति धर्मशाला दुई देशबीचको साँस्कृतिक सम्वन्ध तथा जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्ने दिशामा कोशेढुङगो हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ