arrow

निर्मला पन्तका साथीहरुको प्रधानमन्त्री ओलीलाई भावविह्वल पत्र

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
nirmala-letters.jpg

काठमाडौं। कञ्चनपुरको भीमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच हप्ता नाघेको छ । 

बलात्कारी र हत्यारालाई अहिलेसम्म कार्वाही भएको छैन । निर्मलाका हत्यारालाई कार्वाही गर्न माग गर्दै आन्दोलन चर्कियो । एक जनाको मृत्यु भयो । एक जना अझै बेहोस् छन् । दर्जनौं घाइते भएका छन् । 

निर्मला काण्डकै कारण राजनीतिक उथलपुथल भयो । सरकारले विपक्षी दललाई अनावश्यक आन्दोलन चर्काएको आरोप लगायो भने विपक्षीले सर्वसाधारणलाई शान्ति सुरक्षा दिन नसकेको आरोप लगायो । 

हुन पनि अहिले बालिकाहरु मात्र होइन महिलामाथि नै सुरक्षा खतरा छ । साउन १० गते निर्मला बलात्कृत भइन् । सोही दिन उनको हत्या पनि भयो । त्यसपछि दर्जनौं बालिका, महिलाहरु बलात्कृत भइसकेका छन् ।

सुरक्षा दिन सरकार चुकेको छ । बलात्कारीलाई कार्वाही गर्न सरकार चुकेको छ । 

यस्तो अवस्थामा निर्मलाका साथीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी नै लेखेका छन् । 

शुक्रबार उनीहरुले हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ ? भनी प्रश्न गरेका छन् । 

निर्मलाका साथीहरु जानकी भट्ट, गीता जोशी, लक्ष्मी बडु र पूजा चन्द्राले पत्र लेखेर प्रधानमन्त्रीलाई हत्यारालाई कार्वाही गर्न माग गरेका हुन् ।  

उनीहरुले निर्मलाका दोषीहरुलाई एक महिना भन्दा बढी समय हुँदा समेत पक्राउ पर्न नसकेकोमा दुखेको गरेका छन्। उनीहरुले प्रधानमन्त्रीलाई सोधेका छन हाम्रा साथीका हत्यारालाई कहिले कार्वाही हुन्छ प्रधानमन्त्रीज्यू?

निर्मलाका साथीहरुले हत्यारालाई कार्वाही गरि निर्मलालाई न्याय दिलाउन माग गरेका छन्। उनीहरुले निर्मलाले मरेकै ठाउँमा पन न्याय पाओस भन्ने चाहना राखेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ