arrow

नेपालको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको अन्तराष्ट्रियस्तरबाट आलोचना

तरुण दल अध्यक्ष बस्नेत सहित दलका कार्यकर्तालाई निशाना बनाएको तथा कञ्चनपुरमा गोली प्रहार गरि हत्या तथा दमन गरेकोमा यूजीको भत्सर्ना

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
Stop-theviolence-Against-youth-protesters-1-pdf1.jpg

काठमाडौं। समाजवादी यूवाहरुको अन्तराष्ट्रिय संघ यूजीले नेपालमा शान्तिपूर्ण प्रदर्शनमा भएको सरकारी दमनको आलोचना गर्दै हिंसात्मक बल प्रयोग रोक्न माग गरेको छ।

खासगरि प्रदर्शनका क्रममा यूवाहरु विरुद्ध अत्यधिक बल प्रयोग गरि दमन गरिएकोमा यूजीले आफ्नो चासो व्यक्त गरेको हो। 

यूजीले मानवअधिकारको उल्लंघन हुने गरि प्रदर्शनकारीमाथि गोली चलाइएकोमा भत्सर्ना गरेको छ। निर्मला पन्त हत्याकाण्डको सत्यतथ्य छानविन गरि दोषीलाई कार्वाहीको माग गर्दै स्थानियले कञ्चनपुरमा गरेको प्रदर्शनमा प्रहरीले भदौ ८ गते गोली चलाएको थियो। गोली प्रहारबाट १७ बर्षिय सन्नी खुनाको ज्यान गएको थियो भने अन्य २४ जना घाइते भएका थिए।     

यूजीले नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भिम रावलले पिडितलाई न्याय दिलाउन लाग्नुको साँटो स्थानियले गरेको प्रदर्शनलाई नेपाली कांग्रेसले सञ्चालन गरेको आरोप लगाएकोमा पनि यूजीले विरोध गरको छ। 

प्रहरीले एक मानसिक विरामीलाई घटनाको दोषी देखाएर वास्तविक दोषीलाई उन्मुक्ती दिन खोजेको आशंका समेत यूजीले गरेको छ। 

यूजीले डा गोविन्द केसीको समर्थनमा नेपाल तरुण दलले हालै गरेको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरि नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलाई लक्षित गरि आक्रमण गरिएकोमा आक्रोश व्यक्त गरेको छ। 

यूजीले नेपालका यूवाहरुले लोकतन्त्र र न्यायको पक्षमा गरेका शान्तिपूर्ण प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै नेपाल सरकारलाई प्रदर्शनकारीमाथि हिंसात्मक दमन वन्द गर्न माग गरेको छ। साथै यूजीले निर्मला हत्याकाण्डमा संलग्न वलात्कारीलाई कार्वाहीको लागि स्वतन्त्र अनुसन्धान तथा छानविन गर्न माग गर्दै मानव अधिकार तथा मानविय कानुन पालनाको लागि नेपाल सरकारलाई सचेत गराएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ