मालपोतका कर्मचारीले असुलेको अवैध रकम कांग्रेस नेताले गराए फिर्ता
अवैध रुपमा कमैयाबाट उठाएको रकम फिर्ता गर्दैमा उन्मुक्ती पाईन्छ सरकार ?
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ भदौ १६ शनिबार
881
Shares
लम्की। कैलालीको जानकी गाउपालीका ८ पालबजार मुक्त कमैया शिविरका स्थानीयबाट मालपोत कार्यालय टीकापुरका कर्मचारीले लिएको अबैध रकम फिर्ता भएको छ। मुक्तकमैयालाई लालपुर्जा बनाउन मोटो रकम लाग्ने भन्दै मुक्त कमैया शिविर पालबजारका ५७ जनाबाट उठाएको रकम मध्य २ लाख ३ हजार ८ सय २५ रुपैया रकम मालपोत कार्यालय टीकापुरका कर्मचारीले फिता गरेका हुन ।
वडा कार्यलयको सिफारीस सहित बढीमा एक हजार एक सय रुपैया मात्र लाग्ने ठाउँमा मालपोत कार्यालय टीकापुरमा कार्यरत कार्यालय सहयोगी मनीराम चौधरीले विचौलियासंगको मिलेमतोमा विल नकाटेरै लालपुर्जा बनाउन प्रति लालपुर्जा बनाए वापत एक जनाबाट ३ हजार ५ सय देखि ५ हजार रुपैयासम्म अबैध रुपले असुलेका थिए ।
स्थानीय समाजसेवी तथा नेपाली कांग्रेस जानकी गाउँपालीका वडा नम्बर ८ का नेता केशव बहादुर शाहीको विशेष पहलपछि अबैध रुपमा लगिएको रकम फिर्ता गर्न मालपोत कार्यालयका कर्मचारी राजी भएका हुन । फिर्ता गरेको रकम स्थानीय राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा पिडितलाई बाडिएको हो।
लालपुर्जा दिलाई दिने नाममा मुक्त कमैया शिविरबाट अबैध रुपमा एक गिरोहले पैसा असुल्दै गरेको खबर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी अमरावतिको टोलीले घटनामा संलग्न जानकी गाउँपालिका–८ पालबजारका प्रेमलाल चौधरी र रामलाल चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको सहायक प्रहरी निरीक्षक रण बहादुर बुढाले बताए।
एक सय रुपैयाको रसिद काटी हजारौ रुपैया असुल्दै गरेका घटनाका योजनाकार मालपोत कार्यालय टीकापुरमा कार्यरत कर्मचारी मनिराम चौधरी प्रहरीबाट भागेर पिडित समक्ष आफ्नो गल्ती स्वीकार गरी माफि मागी घटना मिलाउन दवाव दिएर पैसा फिर्ता दिएको बुझिन आएको छ। फिर्ता गरेको सोहि पैसा मुक्त कमैयालाई बाडिएको केशव शाहीले बताए ।
पैसा नतिरेसम्म लालपुर्जा नमिल्ने भन्दै गॉउ–गॉउमा खबर आएपछि आफुहरु तोकिएको रकम तिर्न बाध्य भएको स्थानीयले पिडित मुक्त कमैयाले गुनासो गरेका छन्। जग्गाको लालपुर्जा लिन वडा कार्यालय र मालपोतमा गरी करीब एक हजार एक सय रुपैया मात्र बुझाउनु पर्ने जानकारी पाएपछि आफुहरु ठगिएको थाहा पाएको मुक्त कमैया शिविरकी कुलेनी थारु र दिल कुमारी चौधरीको भनाइ छ ।
भूमिसुधार कार्यालयले करिव दश वर्षअघि विभिन्न ठाउँमा बस्दै आएका मुक्त कमैयाहरुको लगत संकलन गरेको थियोI सोही अनुसार मुक्त कमैया पुर्नस्थापना समितिको सिफारिसमा जानकी गाउँपालिका–८, पालबजारका ६२ र लम्कीचुहा नगरपालिका–३, बल्चौरका ३ सय १८ घरपरिवारलाई समेत जग्गा दिने निर्णय भएको थियो। मालपोत कार्यालय टीकापुरले नामथर फरक परेमा, कुनै जग्गाधनीको मृत्यु भएमा वा अन्य कुनै कारणले सच्याउनु पर्ने भए स्थानीय तहको सिफारिस लिएर आउन मुक्त कमैयालाई सूचना गरेको थियो ।
सोही सूचनाका आधारमा मालपोत कार्यालयका कर्मचारी संलग्न गिरोहले मुक्त कमैयाहरुसँग रकम असुलेको पाईएको छ । पालबजारका मुक्त कमैयाहरुको पैसा फिर्ता भएपनि जिल्लाको बल्चौर, बक्लौवा, विध्यानगर शिविरका मुक्त कमैयाबाट अबैध रुपमा लिएको लाखौ रुपैया भने अझै फिर्ता भएको छैन । पिडितको तर्फबाट कुनै निबेदन र फिराद नपरेको भन्दै घटनामा संलग्न पालबजारका प्रेम चौधरी र रामलाल चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले छोडिसकेको छ भने मालपोत कार्यालयका मनिराम चौधरीलाई कुनै कारबाहिको दायरामा ल्याउन सकेको छैन । मुक्तकमैयाबाट अबैधरुपमा विचौलिया र मालपोत कार्यालयका कर्मचारीले रकम असुल्दा समेत स्थानीय जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै स्थानीयले घटनामा जनप्रतिनिधिको समेत संलग्नता हुन सक्ने आशंका ब्यक्त गरेका छन ।